५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

Best Khabar Team | २०७७ श्रावण २ गते शुक्रबार


१७ जुलाई, २०२०
काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा भएको भीषण वर्षापछि बढेको नदीले बगाएर तथा पहिरोमा पुरिएर यो वर्षमात्रै अहिलेसम्म दर्जनौं मानिसको ज्यान गै सकेको छ । कयन् बेपत्ता भएका छन् भने करोडौंको भौतिक सम्पत्ति क्षति भएको छ ।

फाइल तस्वीर ।

यही क्रममा आगामी ५ दिन देशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन जल तथा मौसम पूर्वानुमानका क्षेत्रमा कार्यरत विभिन्न निकायले सबैलाई आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विज्ञप्ति निकालेर आगामी साउन ४ गते सोमबारदेखि साउन ८ गतेसम्म ५ दिन देशभर भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । विशेष गरी कर्णाली र सुदुरपश्चिम प्रदेश बाहेक अन्य प्रदेश र जिल्लामा यी पाँच दिन भिषण वर्षात् हुनसक्ने भन्दै प्रधिकरणले यस्तो आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले पनि यो पाँच दिन देशका विभिन्न भागमा धेरै वर्षात्को सम्भावना रहेको भन्दै सचेत र सर्तक रहन आग्रह गरेको छ ।

विशेष गरी भीरको मुनितिर रहेका बस्ती, खोला तथा नदीका छेउछाउका बस्ती एवं पहिरो र डुवानलगायत जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीका वासिन्दाले यसबीचमा विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । तराईका जिल्लामा डुवानको समस्या तथा पहाडमा पहिरोको जोखिम रहेको भन्दै उनीहरुले वर्षातका बेला हुनसक्ने बाहिर पहिरोलाई मध्यनजर गर्दै सम्भावित सुरक्षित स्थानमा बस्नका लागि सबैलाई अनुरोध समेत गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन

२०७६ फाल्गुन ८ गते बिहिबार

२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने ‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम...

तीव्र रुपमा फैलिँदै कोरोना  : १८० जनाले गुमाए ज्यान तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान

२०७६ माघ १६ गते बिहिबार

३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...

Top