Best Khabar Team | २०७७ असार २७ गते शनिबार
११ जुलाई, २०२०
काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । मृगौलासम्बन्धी समस्याका कारण उपचारका लागि काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल कलेजमा’ भर्ना भएका ती पुरुषको असार २५ गते उपचारकै क्रममा ज्यान गएको थियो ।

मृत्यु पछि गरिएको उनको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट हिजो साँझ आएको अस्पताल स्रोतले जानकारी दिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित गोकर्णका स्थानीय वासिन्दा ५४ वर्षका ती पुरुष नेपालमा कोरोनाबाट ज्यान गुमाउने ३६ औं व्यक्ति हुन् । पछिल्लो पटक अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समेत समस्या थियो । अस्पतालमा भर्ना हुँदै नै उनमा कोरोना सँग सम्बन्धित लक्षण देखिएपछि उनको स्वाब परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
यद्यपि स्वाब संकलन भने उनको मृत्यु भएपछि मात्रै गरिएको थियो । उनको शवलाई नेपाली सेनाले सुरक्षित तरिकाले गाडेको छ । नेपालमा हालसम्म कोरोनाका कारण १६ हजार भन्दा बढी संक्रमित बनेका छन् भने ८ हजार भन्दा बढी निको भएर घर फर्केका छन् । पछिल्लो समयमा देशको राजधानी काठमाडौंमा कोरोना संक्रमणको दर तीब्र बनेको छ ।
लकडाउन खुकुलो भएसँगै देशभरबाट मानिसहरु विभिन्न बहानामा काठमाडौं आउने क्रम तीब्र बनेसँगै जोखिम समेत बढेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा : जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ
२०७६ मंशिर २३ गते सोमबार
वेस्टखबर टिम । काठमाडौंको व्यस्त जिन्दगी, यहाँभित्रको धुँवा, धुलो...
हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...
नेपालमा कोरोनाबाट चौथो मृत्यु : दाहसंस्कार गरेको ८ दिनपछि कोरोना पुष्टि
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०बारा । वीरगञ्जमा गत जेठ ४ गते...
धादिङ् र गुल्मीका समेत गरी थप ५३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ३५७
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत...
Top