Best Khabar Team | २०७७ असार २७ गते शनिबार
११ जुलाई, २०२०
काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । मृगौलासम्बन्धी समस्याका कारण उपचारका लागि काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल कलेजमा’ भर्ना भएका ती पुरुषको असार २५ गते उपचारकै क्रममा ज्यान गएको थियो ।

मृत्यु पछि गरिएको उनको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट हिजो साँझ आएको अस्पताल स्रोतले जानकारी दिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित गोकर्णका स्थानीय वासिन्दा ५४ वर्षका ती पुरुष नेपालमा कोरोनाबाट ज्यान गुमाउने ३६ औं व्यक्ति हुन् । पछिल्लो पटक अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समेत समस्या थियो । अस्पतालमा भर्ना हुँदै नै उनमा कोरोना सँग सम्बन्धित लक्षण देखिएपछि उनको स्वाब परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
यद्यपि स्वाब संकलन भने उनको मृत्यु भएपछि मात्रै गरिएको थियो । उनको शवलाई नेपाली सेनाले सुरक्षित तरिकाले गाडेको छ । नेपालमा हालसम्म कोरोनाका कारण १६ हजार भन्दा बढी संक्रमित बनेका छन् भने ८ हजार भन्दा बढी निको भएर घर फर्केका छन् । पछिल्लो समयमा देशको राजधानी काठमाडौंमा कोरोना संक्रमणको दर तीब्र बनेको छ ।
लकडाउन खुकुलो भएसँगै देशभरबाट मानिसहरु विभिन्न बहानामा काठमाडौं आउने क्रम तीब्र बनेसँगै जोखिम समेत बढेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०गोलपार्क, बुटबल । यतिबेला कोरोना भाइरसका संक्रमणका...
काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य
२०७७ चैत्र १८ गते बुधबार
३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको...
देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली...
विभिन्न आयोगले पायो पूर्णता , प्रमुखहरुले लिए आजै शपथ
२०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१७ काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका...
Top