काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने

Best Khabar Team | २०७७ असार २५ गते बिहिबार


०९ जुलाई, २०२०
काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुलाई सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गएको चैत्र ५ गतेदेखिको लकडाउनका कारण बन्द रहेका सार्वजनिक सवारी साधनहरुलाई यात्रु क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको हो ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले एउटै जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक गाडीहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो । तर यसरी सञ्चालन हुने गाडीहरुले यात्रु क्षमताको ५० प्रतिशत मात्रै यात्रुहरु बोक्न पाउनेछन् । त्यसका लागि यात्रुहरुबाट उनीहरुले विगतको भाडा भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी अनुमति प्रदान गरिएको छ । यद्यपि लामो दुरीका सवारी साधन सञ्चालनका लागि भने तत्काल अनुमति प्रदान नगरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । बस चलाउँदा यात्रु र बसका कर्मचारीले माक्स अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ भने चालक र सहचालकलाई पञ्जा अनिवार्य गरिएको छ ।

यस्तै सरकारले भाडाका ट्रक्यासीलाई भने बढीमा २ जना यात्रु राख्न दिने गरी सञ्चालनको अनुमति प्रदान गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् । काठमाडौं उपत्यकाको हकमा भने तीनवटै जिल्लाभित्र एकबाट अर्को जिल्लामा जानको लागि सार्वजनिक सवारी साधन तथा ट्याक्सीहरुलाई अनुमति प्रदान गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...

४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१ ४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...

नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको...

अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...

Top