भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित

Best Khabar Team | २०७७ असार २१ गते आइतबार


०५ जुलाई, २०२०
नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितहरुको सूचीमा भारत तेश्रो नम्बरमा परेको छ । शनिबारसम्म विश्वको तेश्रो बढी कोरोना प्रभावित मुलुकको सूचीमा रसिया रहेको थियो । तर आइतबारसम्म २४ घण्टामा करिब २४ हजार नयाँ कोरोना संक्रमित थपिएसँगै भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको तेश्रो नम्बरमा उक्लिएको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख ९७ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भारतमा हालसम्म कोरोनाका कारण १९ हजार ७ सयको ज्यान गएको छ । कोरोनालाई जितेर ४ लाख २४ हजार ८ सय ९१ जना सामान्य जन जीवनमा फर्किएका छन् । भारतभन्दा अघि अब विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितको सूचीमा व्राजिल र अमेरिका रहेका छन् । अमेरिकामा यो समाचार तयार पार्दासम्म २९ लाख ६७ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजोसम्म भारत विश्वको चौथो बढी कोरोना संक्रमित मुलुकमा थियो

यस्तै अमेरिकामा हालसम्म १ लाख ३२ हजार ४ सय ८९ जनाको कोरोनाकै कारण ज्यान गएको छ । हालसम्म १२ लाख ३९ हजार ७२ जनाले कोरोनालाई जितेका छन् । यस्तै विश्वकै सबैभन्दा बढी कोरोना संक्रमितको सूचीको दोश्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म १५ लाख ७९ हजार ८ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । ब्राजिलमा हालसम्म ६४ हजार ३ सय ८३ जनाको कोरोनाकै कारण ज्यान गएको छ भने ९ लाख ७८ हजार ६ सय १५ जनाले रोगलाई जितेका छन् ।

आज भारत विश्वको तेश्रो बढी कोरोना संक्रमित मुलुक बन्न पुगेको छ ।

अब विश्वको सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको ४ नम्बरमा रसिया, पाँच नम्बरमा पेरु र ६ नम्बरमा युरोपेली मुलुक स्पेन परेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...

फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण

२०७९ फाल्गुन २६ गते शुक्रबार

०९ मार्च, २०२३पेरिस, फ्रान्स । फ्रान्सको राजधानी पेरिसस्थित एफिल...

पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार...

२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु २४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

Top