Best Khabar Team | २०७७ असार १९ गते शुक्रबार
०३ जुलाई, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौंमा एकजना कोरोना संक्रमितको मृत्युसँगै थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं बानेश्वरका एक बृद्दको उपचारको क्रममा निधन भएको हो ।

उनी नियमित रुपमा रक्तचाप र पार्किन्सनको विरामी रहेका थिए । तर अस्पतालमा उपचारका लागि भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएको र उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा देशभर ७ सय ४० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा थप ७ सय ४० जनामा कोरोना संक्रमण देखिएको हो । अब योसँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । यही अवधिमा ८ सय २३ जना कोरोना निको भएर घर फर्किएका छन् ।
हालसम्म कुल ६ हजार १ सय ४३ जनाले कोरोना संक्रमणलाई जितेको पनि मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौंका एक बृद्धको मृत्युसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२०काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा आज...
धरौटीमा छुटिन् गायिका राउत
२०७६ माघ १४ गते मंगलबार
२८ जनवरी, २०२० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा...
हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक
२०७७ श्रावण २४ गते शनिबार
०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले...
लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको...
Top