Best Khabar Team | २०७७ असार १९ गते शुक्रबार
०३ जुलाई, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौंमा एकजना कोरोना संक्रमितको मृत्युसँगै थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं बानेश्वरका एक बृद्दको उपचारको क्रममा निधन भएको हो ।

उनी नियमित रुपमा रक्तचाप र पार्किन्सनको विरामी रहेका थिए । तर अस्पतालमा उपचारका लागि भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएको र उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा देशभर ७ सय ४० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा थप ७ सय ४० जनामा कोरोना संक्रमण देखिएको हो । अब योसँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । यही अवधिमा ८ सय २३ जना कोरोना निको भएर घर फर्किएका छन् ।
हालसम्म कुल ६ हजार १ सय ४३ जनाले कोरोना संक्रमणलाई जितेको पनि मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौंका एक बृद्धको मृत्युसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलको चर्चित बैंक ‘स्टेन्डर्ड टोटा’ का अध्यक्ष मुन्तेइरुको कोरोना संक्रमणबाट ज्यान गयो, स्पेनमा २१ वर्षका फुटबल प्रशिक्षकको पनि कोरोनाकै कारण निधन
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोनाको संक्रमणबाट यहाँस्थित एक...
निलकण्ठ शोकमा, आज सार्वजनिक विदा
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली...
‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो)
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी...
राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने
२०७६ माघ २८ गते मंगलबार
११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य...
Top