नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित)

Best Khabar Team | २०७६ कार्तिक ७ गते बिहिबार


२४ अक्टोबर, २०१९
वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि जिङ्पिङ्ले नेपालको औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्केको १ साता वित्न नपाउँदै अमेरिकाले नेपालमाथि चिनियाँ प्रभाव बढ्दै गएको निष्कर्ष निकालेको छ । हालै अमेरिकाको उपसंसदमा अमेरिकी दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी प्रतिवेदन पेश गर्दै चिनियाँ प्रभाव बढ्दै गएको निष्कर्ष निकालिएको हो । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले पेश गरेको प्रतिवेदनमा तिब्बती समुदायमाथि नेपाल सरकारले प्रतिबन्ध लगाएको उल्लेख छ ।

उपसंसदमा पेश नेपाल सम्बन्धी प्रतिवदेन

तिब्बती बौद्धमार्गी समुदाय र उनका गतिविधिमाथि चिनियाँ सरकारकै निर्देशनमा प्रतिबन्ध लगाइएको प्रतिवेदनमा जनाइएको छ । यस्तै, दलाई लामाको जन्मोत्सव मनाउने देखि उनका सबै गतिविधिमाथि नेपालले पूर्णरुपमा प्रतिवन्ध लगाइएकोतर्फ प्रतिवेदनले सबैको ध्यानाकर्षण गराएको छ । यसका अलावा हालैका वर्षमा जारी फौजदारी अपराध संहिताले जबर्जस्ती धर्म परिवर्तनलाई अपराध मानेकोले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको उल्लेख छ । नेपालको नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा धार्मिक स्वतन्त्रता सुनिश्चित गरिएपनि यसको कार्यान्वयन पक्ष अत्यन्तै चुनौतीपूर्ण रहेको उल्लेख छ ।

धार्मिक स्वतन्त्रताको अधिकार व्यवहारमा लागू हुन नसेको उल्लेख गरेकी छन् । यसका अलावा प्रेश स्वतन्त्रतामाथि पनि सरकारले अंकुश लगाउन खोजिएको बताइएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको नेपाल भ्रमणको १० दिनपनि अमेरिकी संसदमा यो प्रतिवेदन पेश भएको हो ।
प्र



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...

चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम...

बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...

छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड

२०७६ कार्तिक ६ गते बुधबार

२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...

Top