कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव !

Best Khabar Team | २०७७ असार ५ गते शुक्रबार


१९ जुन, २०२०
काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको एउटा चार्टर विमानमा ४३ जना यात्रु रहेका थिए । उनीहरुलाई लिएर आएको सो विमानले विभिन्न समयमा कतारमा ज्यान जुमाएका २० जनाको शव समेत ल्याएको विमानस्थलस्रोतले जानकारी दिएको छ । विगत ३ महिनादेखिको लकडाउनका कारण कतारका विभिन्न शहरमा रोजगारीका क्रममा पुगेर ज्यान गुमाएकाहरुको शव ल्याउन समस्या भएको थियो ।

कार्यस्थल तथा अन्य विभिन्न ठाउँमा विभिन्न कारणले ज्यान गुमाएकाहरुको शव आज महिनौंपछि काठमाडौं आइपुगेको हो । विभिन्न रोगले थलिएर अस्पतालमै मृत्युबरण गर्न पुगेका तथा दुर्घटनालगायतका विभिन्न कारणले ज्यान गुमाएकामध्ये २० जनाको शव आज कतार एयरवेजको चार्टर उडानले काठमाडौं ल्याएको हो । विदेशमा ज्यान गुमाउनेहरुको शव नेपाल ल्याउन विभिन्न प्रक्रिया पुरा गर्नुपर्नेहुन्छ । कतिपय अवस्थामा शवलाई नेपाल ल्याउन आवश्यक रकमको जोहो गर्न नसक्दा महिनौंसम्म शव विदेशी अस्पतालको शव गृहमा थन्कने गरेका छन् । सामान्य तथा विदेशमा मृत्युहुनेहरुको शव ल्याउनका लागि सबै प्रक्रिया पुरा गरेर नेपाल ल्याउन एक देखि दुई महिनासम्म लाग्ने गर्दछ ।

फाइल तस्वीर ।

तर पछिल्लो पटक कोरोना संक्रमणका कारण भएको लकडाउनका कारण हवाई उडान बन्द हुँदा विगतमा प्रक्रिया पुरा गरेर नेपाल ल्याउन सकिने अवस्थामा रहेका शवहरुलाई पनि ल्याउन सकिएको थिएन । सोही कारण यसबीचमा जम्मा भएका २० वटा शव लिएर कतार एयरवेजको विमान आज बिहान काठमाडौंमा अवतरण गरेको हो ।

सो विमानले वैदेशिक रोजगारीका लागि कतार पुगेका ४३ जना नेपालीहरुलाई पनि उद्दार गरेर ल्याएको थियो । बैदेशिक रोजगारीका लागि खाडी राष्ट्र पुगेका नेपाली कामदारहरुमध्ये वर्षेनी सयौंले विभिन्न कारणले ज्यान गुमाउने गरेका छन् । आजै कुवेतबाट आएको विमानले २ वटा र साउदी अरेवियाबाट आएको अर्को चार्टर विमानले एउटा शव ल्याएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध ! अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध !

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०काठमाडौं । कोरोना रोगका संक्रमितहरुको संख्या बढ्दै...

२० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा २० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१८ काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे...

चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित

२०७८ श्रावण ६ गते बुधबार

२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’ नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले...

Top