Best Khabar Team | २०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०
काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको एउटा चार्टर विमानमा ४३ जना यात्रु रहेका थिए । उनीहरुलाई लिएर आएको सो विमानले विभिन्न समयमा कतारमा ज्यान जुमाएका २० जनाको शव समेत ल्याएको विमानस्थलस्रोतले जानकारी दिएको छ । विगत ३ महिनादेखिको लकडाउनका कारण कतारका विभिन्न शहरमा रोजगारीका क्रममा पुगेर ज्यान गुमाएकाहरुको शव ल्याउन समस्या भएको थियो ।

कार्यस्थल तथा अन्य विभिन्न ठाउँमा विभिन्न कारणले ज्यान गुमाएकाहरुको शव आज महिनौंपछि काठमाडौं आइपुगेको हो । विभिन्न रोगले थलिएर अस्पतालमै मृत्युबरण गर्न पुगेका तथा दुर्घटनालगायतका विभिन्न कारणले ज्यान गुमाएकामध्ये २० जनाको शव आज कतार एयरवेजको चार्टर उडानले काठमाडौं ल्याएको हो । विदेशमा ज्यान गुमाउनेहरुको शव नेपाल ल्याउन विभिन्न प्रक्रिया पुरा गर्नुपर्नेहुन्छ । कतिपय अवस्थामा शवलाई नेपाल ल्याउन आवश्यक रकमको जोहो गर्न नसक्दा महिनौंसम्म शव विदेशी अस्पतालको शव गृहमा थन्कने गरेका छन् । सामान्य तथा विदेशमा मृत्युहुनेहरुको शव ल्याउनका लागि सबै प्रक्रिया पुरा गरेर नेपाल ल्याउन एक देखि दुई महिनासम्म लाग्ने गर्दछ ।

तर पछिल्लो पटक कोरोना संक्रमणका कारण भएको लकडाउनका कारण हवाई उडान बन्द हुँदा विगतमा प्रक्रिया पुरा गरेर नेपाल ल्याउन सकिने अवस्थामा रहेका शवहरुलाई पनि ल्याउन सकिएको थिएन । सोही कारण यसबीचमा जम्मा भएका २० वटा शव लिएर कतार एयरवेजको विमान आज बिहान काठमाडौंमा अवतरण गरेको हो ।
सो विमानले वैदेशिक रोजगारीका लागि कतार पुगेका ४३ जना नेपालीहरुलाई पनि उद्दार गरेर ल्याएको थियो । बैदेशिक रोजगारीका लागि खाडी राष्ट्र पुगेका नेपाली कामदारहरुमध्ये वर्षेनी सयौंले विभिन्न कारणले ज्यान गुमाउने गरेका छन् । आजै कुवेतबाट आएको विमानले २ वटा र साउदी अरेवियाबाट आएको अर्को चार्टर विमानले एउटा शव ल्याएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रोकियो स्ववियु चुनाव
२०७६ फाल्गुन ६ गते मंगलबार
१८ फेब्रुअरी, २०२० काठमाडौं । ३ वर्षपछि हुन लागेको...
राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने
२०७६ माघ २८ गते मंगलबार
११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य...
चीनका नेपालीको उद्दार कहिले ?
२०७६ माघ २२ गते बुधबार
पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...
अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक
२०७७ चैत्र ४ गते बुधबार
१७ मार्च, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाको जर्जिया राज्यमा मंगलबार...
Top