५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा

Best Khabar Team | २०७७ असार ५ गते शुक्रबार


१९ जुन, २०२०
फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला अस्पताल पर्वतलेको आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार कोरोना संक्रमितको उपचार तथा स्वाब संकलनमा खटिएका पर्वत जिल्ला अस्पतालका २जना चिकित्सकसहित अन्य तीन कर्मचारीमा आज बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अस्पतालको आकस्मिक उपचार विभागबाहेक अन्य कक्ष बन्द गरेको छ । अहिले अस्पताललाई नै सिल गरेर सरसफाई गर्ने तयारी भै रहेको अस्पताले जनाएको छ । पर्वतको कुस्मामा रहेका जिल्ला अस्पताल पर्वतमा कार्यरत दुई चिकित्सकसहित एकजना ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स तथा एकजना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले विज्ञप्ति नै निकालेर आकस्मिक बाहेकका अन्य सेवा बन्द भएको जानकारी गराएको छ । पर्वतमा पछिल्लो समयमा भारतबाट आएकाहरुलाई कुस्मास्थित जिल्ला सदरमुकाममा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । ती मध्ये हालसम्म करिब ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा

२०७७ भाद्र १० गते बुधबार

२६ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन...

दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ...

भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६...

कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित) कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित)

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)...

Top