नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव

Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार


२५ अप्रिल, २०२१
नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनहुँ डरलाग्दो गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँदिल्लीमा जारी एकसाता लामो लकडाउन फेरि थपिएको छ । दिल्ली सरकारले कोरोना नियन्त्रणका लागि भन्दै राजधानी नयाँ दिल्लीमा आगामी मे ३ तारिक सम्मको लागि लकडाउन बढाउने घोषणा गरेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले अहिले जारी रहेको लकडाउनका बीच पनि कोरोना संक्रमितको संख्या बढ्ने क्रम नरोकिएपछि बाध्य भएर आगामी एक साताको लागि लकडाउन थपिएको घोषणा गरेका हुन् । अहिले दिल्लीमा कोरोना संक्रमण नियन्त्रणका लागि भारतीय स्वास्थ्यकर्मीहरुलाई हम्महम्मे परेको छ । कोरोना संक्रमितको संख्या र मृतकको संख्या बढ्न थालेपछि भारतका विभिन्न अस्पतालमा अक्सिजनको समेत अभाव हुन थालेको छ । कोरोना संक्रमितको संख्या अत्यासलाग्दो गतिमा बढ्न थालेपछि सरकारले अहिले अस्पतालमा विरामीहरु भर्ना लिन समेत छाडेका छन् ।

अस्पतालका बेडको अभाव हुनुका साथै अन्य औषधीजन्य बस्तुको व्यवस्थापनमा पनि भारतीय स्वास्थ्यकर्मी तथा अस्पताललाई हम्मेहम्मे परेको छ । भारत सरकारले भारतका सबै निजी अस्पताललाई कोरानाका विरामीलाई उपचार गराउन आग्रह गर्दै खर्च सरकारले भर्ने बताएको छ । भारतका विभिन्न अस्पतालमा अहिलेसम्म ५० जना भन्दा बढीले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

तस्वीरहरु साभार : भारतीय सञ्चारमाध्यम ।

अहिलेको अवस्थामा लकडाउनको विकल्प नरहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयम अपनाउन र स्वास्थ्य सुरक्षा मापदण्प अनिवार्य रुपमा पालन गर्न आम जनतालाई आग्रह गरेका छन् । उनले देशभर अक्सिजन प्लान्ट थप्नका लागि सरकारले काम अघि बढाइसकेको बताएका छन् । लकडाउनका समयमा अत्यावश्यकबाहेकका अन्य सवारी साधन सञ्चालन तथा उद्योग, कलकारखाना तथा कार्यालय सञ्चालनमा रोक लगाइएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३३ हजार ८ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म भारतमा कोरोनाबाट १ लाख ९४ हजार ७ सय ९७ जनाको ज्यान गएको छ ।

भारतमा विश्वमा कोरोना संक्रमणको हिसावले अहिले दोश्रो नम्बरमा रहेको छ भने पछिल्लो १ साताको तथ्यांकलाई आधार बनाउँदा भारतले नयाँ संक्रमितको संख्यामा विश्वको हालसम्मको रेकर्डलाई तोडिरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण...

हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका...

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...

Top