विश्वमा कोरोना : मृतकको संख्या साढे ४ लाख नाघ्यो, अमेरिकामा मात्रै झण्डै १ लाख २० हजारको मृत्यु

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार


१८ जुन, २०२०
न्यूर्योक, अमेरिका । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड १९) बाट हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या साढे ४ लाख नाघेको छ । कोरोना भाइरसको संक्रमण, मृतकलगायतको सम्पूर्ण तथ्यांकहरु अद्याबधिक गर्ने ओल्डोमिटर डटकमको पछिल्लो तथ्यांक अनुसार विश्वभर यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ४ लाख ५१ हजार ८ सय ८ जनाको ज्यान गएको छ ।

यस्तै कोरोना भाइरसका कारण हालसम्म ८४ लाख २५ हजार १ सय ९१ जना संक्रमित बनेका छन् । यस्तै विश्वभरबाट हालसम्म ४४ लाख ३३ हजार ८ सय १ जनाले कोरोनालाई जितेका छन् । कारोनाका कारण हालसम्म सबैभन्दा धेरै प्रभावित देशको सूचीमा अमेरिका रहेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण २२ लाख ३४ हजार ८ सय ५४ जना संक्रमित भएका छन् । ती मध्ये १ लाख १९ हजार ९ सय ४३ जनाको मृत्यु भै सकेको छ । अमेरिकामा कोरोना संक्रमणमा परेकामध्ये ९ लाख १८ हजार ७ सय ९६ जना निको भएर घर फर्केका छन् । यस्तै अमेरिकापछि सबैभन्दा धेरै संक्रमितको देशको सूचीमा ब्राजिल परेको छ ।

ब्राजिलमा हालसम्म ९ लाख ६० हजार ३ सय ९ जनामा कोरोना देखिएको छ । कोरोनाका कारण ब्राजिलमा ४६ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएका छन् । विश्वमा तेश्रो बढी प्रभावित देशको सूचीमा रसिया परेको छ । रसियामा हालसम्म ५ लाख ६१ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ७ हजार ६ सय ६० को मृत्यु भै सकेको छ ।

यस्तै भारतमा हालसम्म ३ लाख ६८ हजार ५ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोनाकै कारण १२ हजार २ सय ७४ को ज्यान गएको छ । संक्रमणको हिसावले हेर्दा भारतपछि बेलायत, स्पेन, पेरु, इटली, इरान, जर्मनी र चिली रहेका छन् । नेपाल कोरोना संक्रमित देशको सूचीमा ७० औं नम्बरमा परेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...

चैत्र ७ गतेदेखि  बैशाख ३ गतेसम्म युरोपलगायतका देशबाट नेपाल आउन नपाईने चैत्र ७ गतेदेखि बैशाख ३ गतेसम्म युरोपलगायतका देशबाट नेपाल आउन नपाईने

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० काठमाडौं । सरकारले पछिल्लो समयमा कोरोनाबाट...

क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते

२०८२ बैशाख १४ गते आइतबार

२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...

रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

२०८१ पुष २४ गते बुधबार

०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा...

Top