Best Khabar Team | २०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०
फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत जिल्लामा आज ८ जनाले कोरोनालाई जितेका छन् । यस्तै आजै नयाँ थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाको फलेबास र कुस्मा नगरपालिकाका दुई/दुई जना र मोदी गाउँ पालिकाका थप १ जना गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार फलेबास नगरपालिका वडा नम्बर २ का ३७ र ३० वर्षका पुरुष तथा कुस्मा नगरपालिकाकाका एक पुरुष तथा एक महिलामा कोरोना संक्रमण देखिएको हो । चितवनको भरतपुरमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यता मोदी गाउँपालिकाका ३९ वर्षका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैलाई सदरमुकामस्थित क्वारेन्टाइन र आइसोलेसनमा चिकित्सकको निगरानीमा राखेर उपचार अघि बढाइएको छ ।
यस्तै १४ दिनअघि कोरोना संक्रमण देखिएका फलेबास र कुर्घाका २ जना कोरोना संक्रमण मुक्त भएका हुन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पर्वतकै महाशिला गाउँपालिकाका २ जना र फलेबास नवरपालिकाका २ जना एवं बिहादीका १ जनामा गरिएको पछिल्लो कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरिदिएको हो ।
उनीहरुलाई अब जिल्लामा रहेको क्वारेन्टाइनबाट गाउँपालिकाको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ । पर्वतमा हालसम्म कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितमध्ये ४ महिला र ३४ जना पुरुष छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ज्ञान लिएर जाने होइन, छोडेर जाने हो
२०७७ मंशिर २७ गते शनिबार
– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...
काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल महोत्सव आयोजना हुँदै
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय...
लगानी सम्मेलन गर्न लाग्नु स्वागतयोग्य : पूर्व अर्थमन्त्री महत
२०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१९ काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण...
काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण...
Top