‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार


१८ जुन, २०२०
चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा चिनिने गण्डकी प्रदेश अन्र्तगतको मनाङ्ग जिल्लामा आज पहिलो पटक कोरोना संक्रममित भेटिएका छन् । गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत कपिलबस्तु स्थायी घर भएका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

उनी मनाङ्को चामे गाउँपालिकामा कार्यरत कर्मचारी भएको बताइएको छ । यसअघि मनाङ्गमा अहिलेसम्म कोरोना संक्रमण देखिएको थिएन । संक्रमित ५७ वर्षका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपनि उनलाई जिल्ला अस्पतालले बनाएको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको छ । यस्तै उनको सम्पर्कमा रहेका गाउँपालिकाका कर्मचारी र सेवाग्राहीहरुको पनि स्वाब परीक्षण थालिएको बताइएको छ ।

संक्रमित ५७ वर्षीय व्यक्ति कपिलवस्तुको बाणगंगा नगरपालिका १४ का स्थायी बासिन्दा भएर हाल मनाङ्गमा कार्यरत रहेका थिए । मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश अन्र्तगतका थप केही जिल्लामा पनि कोरोना संक्रमित थपिएका छन् । जुन निम्न अनुसार हेको छ ।

मनाङ्गमा १ जना

नवलपरासी पूर्वमा १८

तनहुँमा १२

गोरखामा ११

थपिएका संक्रमितमध्ये गोरखामा एकजना महिला र बाँकी सबै पुरुष रहेको पनि मन्त्रालयले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पतालले बनाएको आइसोलेसनमा राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा ७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा

२०७७ आश्विन ५ गते सोमबार

२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...

हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन...

सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा...

अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’ अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...

Top