फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित)

Best Khabar Team | २०७७ असार ३ गते बुधबार


१७ जुन, २०२०
काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई उद्धार गरेर ल्याउने यसअघिको उडान तालिकामा केही परिवर्तन गरेको छ । विभिन्न देशमा रहेका नेपालीहरु नेपाल आउँदा अनिवार्य रुपमा ती देशबाट स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट ल्याउन अनिवार्य व्यवस्था गरिएसँगै केहीदेशको उडान तालिका परिवर्तन भएको हो ।

स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट आउन समय लागेको भन्दै विभिन्न देशमा रहेका नेपालीहरुले उडान मिति परिवर्तनगर्न आग्रह गरेसँगै नेपाल बायुसेवा निगमले उडान तालिका परिवर्तन गरेको हो । सरकारले नेपाल बायुसेवा निगमको विमानमार्फत विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई नेपाल फर्काउनका लागि यसअघि भाडासूचीसहित उडानको मिति समावेश गरिएको तालिका सार्वजनिक गरेको थियो ।

विभिन्न देशमा रहेका नेपाली दुतावासले नेपाल सरकार मार्फत् नेपाली कामदारको उद्दारको यसअघिको कार्यसूची केही हेरेफेर गर्न सरकारलाई आग्रह गरेपछि निगमले पनि सोही अनुसार उडानको तालिका केरि परिवर्तन गरेको जनाएको छ । सरकारले यसअघि बंगलदेश र आजमात्रै थाइल्याण्डबाट केही नेपालीलाई उद्दार गरेर ल्याएको छ । नयाँ व्यवस्था भएको कार्यतालिका निम्न अनुसार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

साउदी अरेवियाको रियादबाट जुन १८ मा
संयुक्त अरब इमिरेट्सको दुबई जुन १८ मा
जापानको नारिताबाट जुन १९ मा
कुवेतबाट जुन १९ मा
साईप्रसबाट जुन २० मा
मलेसियाको क्वालालम्पुरबाट जुन २०मा
कतारको दोहोबाट जुन २० मा
बंगलादेशको ढाकाबाट जुन २१ मा
दक्षिण कोरियाबाट जुन २१ मा
बहराईनबाट जुन २१मा
अष्टेलियाको सिड्नीबाट जुन २२ मा
थाइल्याण्डको बैंककबाट जुन २२ मा
माल्दिभ्सको मालेबाट जुन २३ मा
जापानको नारिता विमानस्थलबाट जुन २३ मा
साउदी अरेवियाको जेद्दाबाट जुन २४ मा
बहराइनबाट जुनबाट २५ मा
अष्ट्रेलियाको मेलबर्नबाट जुन २६ र २७ मा
साईप्रस र साउदी अरेवियाको जेद्दाबाट जुन २९ मा
साइप्रसबाट जुन ३० मा

यि उद्दार उडान (चार्टर फ्लाईट)मा आउन चाहने व्यक्ति स्वयंले विमानको भाडा बुझाउनुपर्ने र काठमाडौंका होटलमा सरकारले तोकेको क्वारेन्टाइनमा बस्न चाहनेको हकमा पनि व्यक्ति स्वयंले होटल र खानेकुरा छान्न सकिने जनाएको छ । हाल विदेशमा २५ हजार भन्दा बढी नेपालीहरु तत्काल नेपाल फर्कने सूचीमा रहेका छन् ।

कोरोनाका कारणले काम गुमाएर बेरोजगार भएका, विभिन्न रोगको उपचारका लागि विदेश गएका तथा पारिवारित तथा घुमघामका लागि विदेश गएकाहरु कोरोनाका कारण भएको लकडाउनका कारण उतै रोकिएपछि सरकारले उनीहरुको उद्दारका लागि विभिन्न देशमा चार्डर उडान शुरु गरेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...

भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु

२०७७ माघ २० गते मंगलबार

०२ फेब्रुअरी, २०२१काठमाडौं । २०७२ साल बैशाखमा गएको महाभूकम्पले...

प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक...

काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत  महिलामा कोरोना संक्रमण काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत महिलामा कोरोना संक्रमण

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी...

Top