ठमेललाई पुरानै लयमा फर्काउने अभियानमा लाग्यो ‘ठमेल पर्यटन विकास परिषद्’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


१७ जुन, २०२०
काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नराम्ररी थला परेको राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेललाई पुरानै गतिमा फर्काउन तथा व्यवसायी र घरधनीको समस्या समाधानका लागि पहल शुरु भएको छ । ठमेलका घरधनी तथा पर्यटन व्यवसायीहरुको छाता संगठन ‘ठमेल पर्यटन विकास परिषद’ले यसको नेतृत्व गर्दै यसबीचमा उपत्पन्न परिस्थिति र समाधानको उपायको लागि भन्दै समिति गठन गरेरै काम थालेको छ ।

कोरोनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको परिषद् बैठक । तस्वीर सौजन्य : ठमेल पर्यटन विकास परिषद् ।

ठमेल पर्यटन विकास परिषद्ले उपाध्यक्ष भविश्वर शर्माको संयोजकत्वमा घरभाडा व्यवस्थापन समिति गठन गरी धरधनी र व्यवसायी दुबैका लागि सहज र प्रभावकारी हुने विभिन्न उपायको खोजीकार्य अघि बढाएको छ । कोरोनाको संक्रमणबाट विश्व समुदाय नै नराम्ररी प्रभावित भएको अहिलेको अवस्थामा समितिले विशेषतः काठमाडौंको ठमेल क्षेत्रमा देखिएको व्यवसायी र धनधनीको समस्या समाधानका सरोकारवालाहरुसँग सुझाव संकलन थालेको छ । सुझाव संकलनपछि सबैलाई मान्य हुने एउटा मापदण्ड ल्याएर ठमेललाई पुरानै अवस्थामा फर्काउनका लागि पहल गरिने समितिका संयोजक भविश्वर शर्माले बेस्टखबरलाई जानकारी दिए ।

शर्माले भने –‘आजको दिनमा देखिएको यो समस्या ठमेलको कुनै एउटा व्यवसायी र घरधनीको मात्र नभै सिँगो देश र विश्वमै देखिएको साझा समस्या हो । हामी सबै मिलेर होस्टेमा हैंसै गर्दै अघि बढ्न सकेको खण्डमा मात्रै ठमेलका घरधनी, व्यवसायी र सिँगो ठमेल रहन सक्छ । त्यहि सोचले अभिप्रेरित भएर काम अघि बढेको छ ।’ संयोजक शर्माका अनुसार कोरोना भाइरसका कारण पर्यटकीय गतिविधि ठप्प बनेको ठमेलमा विगत ३ महिना यता व्यवसाय सञ्चालन नहुँदा अधिकांश व्यवासयीले घरभाडा तिर्न सकेका छैनन् ।

कतिपय व्यवसायी ठमेलबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । लकडाउनका कारण व्यवसाय सञ्चालन नहुँदा र घर भाडा प्राप्त नहुँदा घरधनीहरुले पनि बैंकको किस्ता र अन्य खर्च तिर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा घरधनी र व्यवसायीबीच दुरी बढाउनु भन्दा मिलेरै सबैले समाधान गर्नु उत्तम हुने देखेर अभियान शुरु भएको शर्माले बताए । समितिले आफ्ना राय सुझाव समितिसमक्ष पेश गर्न र भोलिका दिनमा ठमेलमा पूर्ववत रुपमै व्यवसाय सञ्चालन गर्ने यो अभियानमा सहयोग गर्न सबै व्यवसायी तथा घरधनीलाई अनुरोध गरेको छन् । ठमेल क्षेत्रका करिब २ हजार घरमा पर्यटक केन्द्रीत करिब ८ हजारवटा व्यवसायहरु सञ्चालनमा रहेको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्ले निकालेको विज्ञप्ति ।

हवाईमार्गबाट आउने पर्यटक काठमाडौं विमानस्थलमा उत्रिएपछि अधिकांशले ठमेलमा पाइला टेकेकै हुन्छन् । त्यसैले काठमाडौंको ठमेल क्षेत्र मुलुककै प्रमुख पर्यटकीय केन्द्रको रुपमा रहि आएको छ । कोरोनाका कारण गरिएको लकडाउन र त्यसपछि उत्पन्न अवस्थाका कारण देशका सबैजसो क्षेत्रको पर्यकीय गतिविधि ठप्प छ । जसका कारण व्यवसायी, पर्यटनकर्मी, पर्यटक मजदुरलगायत यस क्षेत्रमा आश्रित लाखौैंले ठूलो समस्या भोग्नुपरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण

२०२६ पुष १७ गते बिहिबार

२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...

गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु

२०७६ पुष २३ गते बुधबार

०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...

काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित

२०२६ पुष १७ गते बिहिबार

२८ अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र पर्ने तीन जिल्लामा...

अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने

२०२६ पुष १७ गते बिहिबार

२९ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै...

Top