साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाखको नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट क्यानडाका विभिन्न भागमा हालसम्म ९८ हजार ६ सय ७ जनामा संक्रमण फैलिएको छ भने कोरोनाबाट ८ हजार १ सय १९ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै हालसम्म ५९ हजार ७ सय ७७ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

क्यानडामा पहिलो पटक मार्च ९ मा कोरोनाबाट एक जनाको ज्यान गएको थियो । मार्च ३१ का दिन हालसम्म एकैदिन सबैभन्दा धेरै अर्थात २ सय २२ जनाको ज्यान गएको थियो । गएको जनवरी २५ का दिन चिनको बुहान प्रान्तबाट आएका एकजना पुरुषमा कोरोना देखिएको कोरोना नै क्यानडामा देखिएको पहिलो कोरोना संक्रमण थियो ।

तथ्यांक साभार : www.worldomitters.com

कोरोना भाइरसको संक्रमण देखिएपनि तुलनात्मक रुपमा क्यानडाको संक्रमणको दर कम रहेको तथा मृतकको संख्यापनि अमेरिकाको तुलनामा धेरै कम रहेको छ । हाल क्यानडामा जनजीवन सामान्य बन्दै गएको छ भने कतिपय कार्यालयपनि सञ्चालनमा रहेका छन् । पछिल्लो जनगणना अनुसार क्यानडा ३ करोड ७७ लाख २६ हजार २ सय ५१ को हाराहारीमा मानिसहरु रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा  विद्युत् सेवा बन्द जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा विद्युत् सेवा बन्द

२०७७ फाल्गुन १ गते शनिबार

१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली...

सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । सरकारले विभिन्न देशमा रोकिएर रहेका...

कतारमा कोरोना : १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाइयो कतारमा कोरोना : १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाइयो

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२० दोहो । कतारले कोरोना भाईरसको प्रकोप...

Top