Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०
टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाखको नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट क्यानडाका विभिन्न भागमा हालसम्म ९८ हजार ६ सय ७ जनामा संक्रमण फैलिएको छ भने कोरोनाबाट ८ हजार १ सय १९ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै हालसम्म ५९ हजार ७ सय ७७ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

क्यानडामा पहिलो पटक मार्च ९ मा कोरोनाबाट एक जनाको ज्यान गएको थियो । मार्च ३१ का दिन हालसम्म एकैदिन सबैभन्दा धेरै अर्थात २ सय २२ जनाको ज्यान गएको थियो । गएको जनवरी २५ का दिन चिनको बुहान प्रान्तबाट आएका एकजना पुरुषमा कोरोना देखिएको कोरोना नै क्यानडामा देखिएको पहिलो कोरोना संक्रमण थियो ।

कोरोना भाइरसको संक्रमण देखिएपनि तुलनात्मक रुपमा क्यानडाको संक्रमणको दर कम रहेको तथा मृतकको संख्यापनि अमेरिकाको तुलनामा धेरै कम रहेको छ । हाल क्यानडामा जनजीवन सामान्य बन्दै गएको छ भने कतिपय कार्यालयपनि सञ्चालनमा रहेका छन् । पछिल्लो जनगणना अनुसार क्यानडा ३ करोड ७७ लाख २६ हजार २ सय ५१ को हाराहारीमा मानिसहरु रहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना
२०७६ मंशिर २३ गते सोमबार
गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...
देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली...
नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन...
आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...
Top