२१ वर्षपछि भारतमा भीषण आँधी, पश्चिम बंगालमा १० को मृत्यु, लाखौंको संरचना क्षतिग्रस्त

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार


२० मे, २०२०
नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको दरले चलेको चक्रवात आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्यमा कम्तीमा १० जनाको ज्यान गएको छ । वर्षात्सँगैको आँधीका कारण सडक र घर छेउका रुखहरु लड्दा ती रुखहरुले च्यापिएर र आँधीले उडाएका अन्य भौतिक संरचनाले लागेर उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । बंगलाको खाडीबाट शुरुभएको पश्चिम बंगाल राज्यका कतिपय स्थानमा घरका कम्पाउन्ड तथा कच्ची घरका संरचना भत्किएको र त्यसैले च्यापिएर केही स्थानीय घाइते समेत भएका छन् ।

आँधीका कारण त्यस क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा विच्छेद भएको छ । आँधीले हजारौं रुखहरु लडाएको छ । यस्तै आँधीले पश्चिम बंगालका अधिकांश स्थलमा रहेका टेलिफोनको टावर, विजुलीका पोललगायतका संरचना लडाएको छ । कतिपय स्थानीयको घर उडाउनुका साथै पर्खालहरु भत्किएका छन् । भारतमा यस्तो खाले यसअघि सन् १९९९ मा पनि आएको र त्यतिबेला ९ हजारले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय समय अनुसार बिहीबार दिउँसो २ बजेदेखि शुरु भएको चक्रवर्ती आँधी कम्तीमा ४ घण्टासम्म चलेको थियो । सो आँधीको बहाब पश्चिम बंगाल र उडिसाबाट विस्तारै कोलकत्तातर्फ अघि बढेको भन्दै भारतीय मौसम विभागले त्यहाँका नागरिकहरुलाई सचेत रहनका लागि भनेको छ । बंगालको खाडीबाट बुधबार अपरान्हबाट शुरुभएको सो आँधीका कारण लाखौं मानिसलाई प्रभावित गर्न सक्ने भन्दै मौसमविद्हरुले सुरक्षित रहन १ साताअघि नै सबैलाई अनुरोध गरेका थिए । दिनभरको भारी वर्षा र त्यसपछि चलेको हावाबाट पश्चिम बंगाल राज्यका विभिन्न जिल्लाहरुलाई असर गरेको छ ।

यद्यपि उडिसामा भने तुलनात्मक रुपमा कम क्षति पुगेको बताइएको छ । रातीको समयमा आँधी जारी रहेको कारण भएको क्षतिको एकिन विवरण प्राप्त भै सकेको छैन । कोरोनाको संक्रमणकैबीच आएको आँधीका कारण सो क्षेत्रका लाखौं स्थानीय बासिन्दा प्रभावित बनेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

२०८१ पुष २४ गते बुधबार

०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा...

१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए १७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा...

भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको...

चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित) चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित)

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

Top