Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०
सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को संक्रमणलाई मध्यनजर गर्दै स्पेनले युरोपेली युनियनसम्बद्ध विभिन्न देशसँग लगाएको सिमा नाका बन्दको घोषणामा पुर्नविचार गरेको छ । स्पेनले छिमेकी पोर्चुगलबाहेक अन्य सबै युरोपेली राष्ट्रसँग झण्डै ४ महिनादेखि बन्द रहेको सिमा नाका यही जुन २२ देखि खुल्ला गर्ने निर्णय गरेको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आज एक भिडियो सम्बोधनका क्रममा यस्तो बताएका हुन् । पछिल्ला दिनमा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै घटेका कारण सिमा नाका बन्द गर्ने यसअघिको निर्णयमा पुर्नविचार गरिएको प्रधानमन्त्री पेद्रोको भनाई छ । स्पेनले यसअघि आगामी जुन अन्तिमसम्मको लागि युरोपेली युनियनसम्बद्ध राष्ट्रहरुसँगको सिमानाका बन्द गर्ने घोषणा गरेको थियो । तर अहिले स्पेनमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि जनजीवन तथा आर्थिक गतिविधिलाई सहज बनाउने उपायस्वरुप यो कदम चालिएको उनको भनाई छ । विस्तारै लकडाउनलाई खुकुलो बनाउँदै आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने योजना स्पेन सरकारको भएको र अहिलेको गमी मौसम (समर)लाई मध्यनजर गर्दै यो घोषणा गरिएको प्रधानमन्त्रीको भनाई छ । स्पेनले छिमेकी मुलुक पोर्चुगलसँगको सिमा नाका भने आगामी जुलाई १ देखि मात्रै खुल्ले स्पष्ट पारेको छ ।
स्पेनमा यो समाचार तयार पार्दासम्म २ लाख ९० हजार ६ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने २७ हजार १ सय ३६ जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो ४ दिनयता स्पेनमा कोरोनाका कारण एकजनाको पनि ज्यान गएको छैन । पोर्चुगलमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या निरन्तर देखिँदै गएको छ । जसका कारण थप एक साता स्पेनले पोर्चुगलसँगको सिमा नाकामा कडाई गर्न लागेको हो । युरोपेली युनियनले यही जुन १ देखि ईयुसम्बद्ध सबै देशमा लकडाउन र आन्तरिक सिमा नाकामा लगाईको प्रतिबन्ध हटाउन भनेको थियो । ईयुको यो निर्देशनसँगै युरोपका अधिकांश देशले लकडाउन र देशभित्र जारी आपत्काललाई हटाएर जनजीवन सामान्य बनाएका छन् ।

कतिपय देशले गर्मी महिनामा आउने पर्यटकलाई मध्यनजर गर्दै व्यवसायहरुसमेत सञ्चालनमा ल्याएका छन् । स्लोभेनिया, डेनमार्क, नर्वे, पोर्चुगल, क्रोयसिया, पोल्याडलगायतका देशले आन्तरिक जनजीवन सामान्य बनाउन थालेका छन् । यद्यपि विश्व स्वास्थ्य संगठनले दिएको माक्स र सामाजिक दुरीको मापदण्डलाई भने लकडाउन खुल्ला भएपछिपनि पालना गर्न अनिवार्य गरिएको छ । युरोपेली युनियनसम्बद्ध अधिकांश देशमा गएको मार्चको पहिलो सातादेखि लकडाउन र आन्तरिक संकटकाल लागू गरिएको थियो । युरोपमा अहिले गर्मी मौसम शुरुभएकोले पर्यटकीय गतिविधि सञ्चालन भै करोडौैंको आर्थिक गतिविधि हुने समय भएकोले पनि लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै जनजीवन सामान्य बनाउन लागिएको हो ।
अहिले युरोपका धेरैजसो देशमा किनमेल गर्ने बजार, रेस्टुरेन्ट, होटललगायतका पर्यटक केन्द्रीय गतिविधि सञ्चालन भएपनि कतिपय स्कुल, क्याम्पस सञ्चालनका लागि अधिकांश देशले अनुमति दिएका छैनन् । डेनमार्क, फिनल्याण्डलगायतका केही देशले भने निश्चित मापदण्ड बनाएर सानो संख्यामा बालबालिकालाई पढाईरहेका छन् । युरोपको स्लोभानियाले यसअघि नै आफ्नो देशलाई कोरोना मुक्त देशको रुपमा घोषणा गरिसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)
२०७७ जेठ १७ गते शनिबार
अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...
आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार
२०७७ असार ४ गते बिहिबार
१८ जुन २०२०कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका...
‘कोरोनाको दबाई’ खोज्दै पुराना गायक–गायिकाद्वय कार्की र आले
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको...
औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...
Top