Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०
बेइजिङ्ग । कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको चीनमा फेरि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । तर विगतमा चीनको बुहान प्रान्तमा कोरोना संक्रमण देखिएको भएपनि अहिले राजधानी बेइजिङ्गबाट दक्षिणी क्षेत्रमा कोरोना संक्रमण देखिएको हो । राजधानी बेइजिङ्गबाट दक्षिणभागमा रहेको ‘सिनफादी’ नामक क्षेत्रको एउटा माुसबजारमा कार्यरत केही कामदारमा कोरोना देखिएपछि परीक्षणको दायरा बढाईको थियो ।

त्यस क्षेत्रमा दर्जनौं संक्रमित भेटिएपछि अहिले सो बजार क्षेत्र र आपसामा रहेको कम्तीमा एकदर्जन आवासीय क्षेत्रमा लकडाउन शुरु गरिएको छ । पछिल्लो २ महिनायता चीनमा कोरोना संक्रमणको दर एकदमै न्यून रहेको भएपनि फेरि राजधानी बेइजिङ्गका केही क्षेत्रमा फेरि कोरोना संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । हालै सो क्षेत्रमा ५० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले त्यस क्षेत्रमा सञ्चालित मासु तथा अन्य पसल र सम्पूर्ण बजार क्षेत्र अनिश्चितकालका लागि बन्द गरेको छ ।

यस्तै आसपासका विद्यालयहरुपनि बन्द गराईएका छन् । त्यसो त विगतमा पनि चीनको राजधानी बेइजिङ्गमा कोरोना महामारीको रुपमा फैलिन पाएको थिएन । तर झण्डै २ महिनापछि फेरि पहिलो पटक एकैदिन ५० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएपनि स्थानीय प्रशासनले विशेष सावधानी अपनाउन थालेको हो । चीनमा हालसम्म ८४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने ४६ सय भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

तर पछिल्ला केहीदिनयता कोरोना संक्रमित नभेटिएको चीनमा फेरि एकैपटक यतिधेरै संख्यामा कोरोना देखिएपछि चिनियाँ सरकारले विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२०काठमाडौं । नेपालबाट पूर्णरुपमा लोडसेडिङ्ग हटाउने ‘उज्यालोका...
अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको...
४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...
७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा
२०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...
Top