कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार

Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार


१० जुन, २०२०
मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । सो घटनामा परी ६ जना वेपत्ता भएका छन् भने ३१ जनाको कर्णाली नदीबाट जीवितै उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भारतमा रहेका मजदुरहरुलाई सिमा नाकाबाट जिल्लाको रासकोटतर्फ लिएर आउँदै गर्दै ना ८ ख ५१३३ नम्बरको टिप्पर आज बिहान लालीघाटबाट कर्णली नदीमा खसेको थियो ।

फाइल तस्वीर ।

कुल ३९ जना सवार सो टिप्पर अनियन्त्रित भै भीरबाट कर्णाली नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनास्थलबाट उद्दार गरिएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । भारतबाट आएका मजदुरहरुलाई लिएर सो टिप्पर रासकोटका लागि छुटेको थियो । ती मजदुरहरुलाई रासकोटमै रहेको क्वारेन्टाइनमा राख्ने योजना अनुसार उनीहरुलाई लिएर टिप्पर क्वारेन्टाइनतर्फ अघि बढ्ने क्रममा बीच बाटैमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ६ जना अहिलेसम्म पनि कर्णाली नदीमै वेपत्ता भएको बताइएको छ । मृतक, घाइते तथा वेपत्ता हुनेहरुको नाम खुल्न सकेको छैन । घटनालगत्तै अहिले स्थानीय वासिन्दा र प्रहरी घटनास्थलमा पुगेर घाइतेको उद्दारमा जुटेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...

भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको...

ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल

२०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२० नयाँदिल्ली । दुईदिने भारत भ्रमणका लागि...

‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन ‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब...

Top