देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलियो, संक्रमितको संख्या ४ हजार बढी

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार


०९ जुन, २०२०
काठमाडौं । देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो पटक इलाममा कोरोना संक्रमित भेटिएसँगै देशभरका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको हो । यसअघि देशका ७३ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको थियो । मन्त्रालयले पछिल्लो २४ घण्टामा इलाममा १ जनासहित देशका विभिन्न जिल्लामा थप ३ सय २३ जनामा संक्रमण भेटिएको पुष्टि गरेको छ ।

हालसम्म मनाङ्ग, मुस्ताङ्ग, गोर्खा, रसुवा र लमजुङ्गमा कोरोना संक्रमित भेटिएका छैनन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा थपिएका विरामीको संख्या निम्न अनुसार रहेको छ ।

  • इलाममा १
  • बागलुङमा ११
  • कपिलवस्तुमा १०
  • म्याग्दीमा १
  • धनुषामा ४५
  • सुनसरीमा १
  • चितवनमा २४
  • सप्तरीमा ७
  • नवलपुरमा १५
  • धादिङमा १
  • महोत्तरीमा ५०
  • सुर्खेतमा ४
  • दार्चुलामा १०
  • कन्चनपुरमा १९
  • सर्लाहीमा १
  • दाङमा ६
  • बाँकेमा ९
  • जुम्लामा २
  • सल्यानमा १२
  • डडेलधुरामा ७
  • कैलालीका १
  • रुपन्देहीमा २०
  • नुवाकोटमा २
  • रौटहटमा २१
  • सर्लाहीमा १६
  • सिरहामा १२ र
  • मोरङ्मा ३ जना ।

संक्रमितहरुको देशका विभिन्न स्थानमा रहेका अस्पताल तथा क्वारेन्टाइनमा उपचार भै रहेको मन्त्रालयको भनाई छ । यस्तै हालसम्म १४ जनाको मृत्यु भै सकेको छ भने ५ सय ८४ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...

कम्युनिष्ट,  राज्य व्यवस्था र  सर्वसत्तावाद कम्युनिष्ट, राज्य व्यवस्था र सर्वसत्तावाद

२०७६ फाल्गुन ७ गते बुधबार

–रामचन्द्र पौडेल अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ...

कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा...

काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत  महिलामा कोरोना संक्रमण काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत महिलामा कोरोना संक्रमण

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी...

Top