Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार
– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।
विश्वमा हाल अस्तित्वमा रहेका देशहरुको सूची १ सय ९५ रहेको छ । विश्वको भूगोल, जनसंख्यालगायतको बारेमा अद्यावधिक तथ्यांक राख्ने ओल्डोमिटर डटकमले जुन ८ तारिखको दिन बिहान ११ बजेसम्म जारी गरेको तथ्यांक अनुसार विश्वमा कुल १ सय ९५ वटा राष्ट रहेका छन् । ती मध्ये १ सय ९३ राष्ट्रहरु संयुक्त राष्ट्रसघका सदस्य राष्ट्रहरु रहेका छन् भने बाँकी २ वटा देशहरुले राष्ट्रसंघको सदस्यता लिएका छैनन ।

‘होलि सी’ र ‘स्टेट अफ प्यालेस्टाइन’ राष्ट्रसंघको सदस्य राष्ट बाहिर रहेका छन् । तर यही बीचमा आगामी अहिलेसम्मको योजना सफल भएको खण्डमा आगामी जुन १० तारिखदेखि विश्वमा अर्को एउटा नयाँ देशको जन्म हुँदैछ । संयुक्त राष्ट्रसंघको दशकौं अघिदेखिको प्रयास र मध्यस्तापछि अफ्रिकी महादेशमा नयाँ देशको जन्म हुन लागेको हो । हालको क्यामरुन र नाइजेरियाका केही क्षेत्रहरुलाई समेटेर नयाँ देश घोषणा गर्ने तयारी भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसका लागि सबै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । । यसरी नयाँ बन्न लागेको देशमा अहिलेको अफ्रिकी मुलुकमा रहेको क्यामरुनबाट यसअघिको बृटिसद्वारा शासित क्षेत्र अर्थात् पहिलेको उत्तरी र दक्षिणी ब्रिटिस क्यामरुन (अँग्रेजी भाषाको बाहुल्यतारहेको क्षेत्र) र नाइजेरियाका पनि केही क्षेत्रहरुलाई मिसाएर नयाँ देश बनाउन लागिएको हो ।

बाँकी रहेको हालको क्यामरुनमा रहेका फ्रेन्चभाषीहरु बसोबास रहेका क्षेत्र अर्थात् यसअघिको फ्रेन्च उपनिवेशलाई भने ‘रिपब्लिक अफ क्याम्मरुन’का रुपमा राख्ने तयारी भै रहेको बुझिएको छ । यसरी नयाँ बन्ने देशको नाम ‘एम्बाजोनिया’ (युएनओ स्टेस अफ क्यामरुन) रहने छ । नयाँ बन्ने देशको क्षेत्रफल २८ हजार २ सय १४ बर्गकिलोमिटर रहने छ भने २ करोड जनसंख्या यो देशको भूभागभित्र बसोबास गर्नेछन् । यसअघि सन् २००३ मा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानको मध्यस्तकर्तामा भएको वार्तामा नाइजेरियाका पूर्व राष्ट्रपति ओलुसेगुन ओबासांजो र क्यामरूनका पल बियाले यो प्रस्तावलाई स्वीकार गरेपछि छुट्टै देश बनाउने काम अघि बढेको थियो ।
स्मरणीय के छ भने यो घोषणा सँगै विगतमा व्यापक हिंसात्मक गतिविधि गर्दै आएको ‘बोको हराम’ नामक आतंकवादी संगठनको केन्द्रविन्दुको रुपमा रहेको नाइजेरियाको उत्तरपूर्वी सिमा अब विधिबत् रुपमा तीनवटा देशमा विभाजन हुने भएको छ । यसअघि नाइजेरिया र क्यामरुन गरी दुईदेशमा विभाजन भएको नाइजेरियाको भूमि अब ‘एम्बाजोनिया’ समेत गरी तीन देशमा विभाजन हुनेछ ।
दुबै देशका विवादित उत्तरी तथा दक्षिणी क्षेत्रहरुलाई समेटेर बनाउन लागिएको नयाँ देशलाई अब दुबै देशले नयाँ देशको अस्तित्वको रुपमा स्वीकानुपर्ने हुन्छ, जुन विषयमा उनीहरुले यसअघि नै सहमति जनाइसकेका छन् । स्मरणीय के छ भने यो घोषणा सँगै विगतमा व्यापक हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम नामक आतंकवादी संगठनको केन्द्रविन्दुको रुपमा रहेको नाइजेरियाको उत्तरपूर्वी सिमा अब विधिबत् रुपमा तीनवटा देशमा विभाजन हुने भएको छ ।

यसअघि नाइजेरिया र क्यामरुन गरी दुईदेशमा विभाजन भएको नाइजेरियाको भूमि अब ‘एम्बाजोनिया’ समेत गरी तीन देशमा विभाजन हुनेछ । पहिलो विश्वयुद्दमा जर्मनीले आफ्नो उपनिवेशिक भूमि पराजित गरेसँगै क्यामरुन क्षेत्र ब्रिटेन र फ्रान्सको बीचमा विभाजन भएको थियो । क्यामरूनको दक्षिणी भाग विगत लामो समयदेखि स्व–शासनको लागि आन्दोलनरत छ। जसका काण यो क्षेत्रमा दशकौंदेखि आन्तरिक द्वन्द्व जारी थियो ।

यो प्रयासले अबको एक महिनाभित्र मूर्त रुप लिएको खण्डमा योदेश अफ्रिकी महाद्वीपको ५५ औं सार्वभौमसम्पन्न मुलुक हुनेछ । जुन संयुक्त राष्ट्रसंघको १ सय ९४ औं सदस्य राष्ट्रको रुपमा रुपमा रहनेछ । यसअघि सन् २०११ को जुलाईमा दक्षिणी सुडान अफ्रिकी महाद्विपमा सबैभन्दा पछि उदय भएको देशको रुपमा रहेको छ । विगत लामो समयको युद्दपछि दक्षिणी सुडानले ९ वर्षअघि सार्वभौमसम्पन्न देशको उपमा पाएको थियो । (एजेन्सीको सहयोगमा)

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...
उपत्यकामा ४२९ सहित देशभर थप १ हजार २२१ जनामा कोरोना संक्रमण
२०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १...
१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को...
हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...
Top