Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०
काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स कम्पनी तथा एयरलाईन्सको मिलेमतोमा यात्रुहरुलाई ४ गुणासम्म बढी भाडा तिर्न बाध्य बनाइएपछि सरकारले तत्काल चार्टर उडानमा रोक लगाएको छ । नेपाल भित्रबाट वा बाहिर नेपालका लागि हुने सबै व्यक्तिगत चार्डर उडानमा रोक लगाउने निर्णय आज साँझ भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज एक सूचना जारी गरी अहिलेको कठिन परिस्थितिमा मावनीय धर्म पुरा गर्नुभन्दा कमाउने उद्देश्यले चार्डर उडान भैरहेको तर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणको यो निर्णय र आदेशसँगै कुनैपनि देशको सरकार वा नेपाल सरकारको संयुक्त समन्वयमा हुने चार्टर उडान बाहेकका सबै व्यक्तिगत चार्टर उडान आजैका मितिदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

प्राधिकरणले चार्टर उडानका नाममा अत्यन्तै महंगोमा यात्रुहरुलाई टिकट विक्री वितरण गरिरहेको जानकारी प्राप्त भएको भन्दै तत्काल टिकट विक्री कार्य रोक्न पनि निर्देशन दिएको छ । कोरोना भाइरस र त्यसपछि उत्पन्न परिस्थितिका कारण अन्र्तराष्ट्रिय उडान नभएको मौका छोपेर केही व्यक्ति, समूह तथा विभिन्न एयरलाईन्स कम्पनी मिलेर अहिलेसम्म एक सय भन्दा बढी चार्टर उडान गरिसकेपछि प्राधिकरणको यो निर्देशन आएको हो ।
गत चैत्र देखि सरकारले मुलकुभर लकडाउन गर्दै हवाई उडानमा समेत प्रतिबन्ध लगाएपछि काठमाडौंमा रहेका केही ट्राभल्स एजेन्सी र एयरलाईन्स कम्पनीको मिलेमतोमा अकुत रकम कमाउने उद्देश्यले चार्टर उडान भै रहेको छ । यसरी उडान हुँदा नियमित भाडा भन्दा ४ गुणासम्म महंगो तिर्न यात्रुहरुलाई बाध्य पारिएपछि यसको चौतर्फी विरोध हुँदै आएको थियो । तर सरकारको यो निर्देशनसँगै आजबाटै कुनैपनि व्यक्तिगत चार्टर उडानले नेपाल बाहिरबाट वा नेपालबाट बाहिरी मुलुकका लागि उडान भर्न पाउने छैनन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...
कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...
२४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै...
अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...
Top