Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०
काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स कम्पनी तथा एयरलाईन्सको मिलेमतोमा यात्रुहरुलाई ४ गुणासम्म बढी भाडा तिर्न बाध्य बनाइएपछि सरकारले तत्काल चार्टर उडानमा रोक लगाएको छ । नेपाल भित्रबाट वा बाहिर नेपालका लागि हुने सबै व्यक्तिगत चार्डर उडानमा रोक लगाउने निर्णय आज साँझ भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज एक सूचना जारी गरी अहिलेको कठिन परिस्थितिमा मावनीय धर्म पुरा गर्नुभन्दा कमाउने उद्देश्यले चार्डर उडान भैरहेको तर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणको यो निर्णय र आदेशसँगै कुनैपनि देशको सरकार वा नेपाल सरकारको संयुक्त समन्वयमा हुने चार्टर उडान बाहेकका सबै व्यक्तिगत चार्टर उडान आजैका मितिदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

प्राधिकरणले चार्टर उडानका नाममा अत्यन्तै महंगोमा यात्रुहरुलाई टिकट विक्री वितरण गरिरहेको जानकारी प्राप्त भएको भन्दै तत्काल टिकट विक्री कार्य रोक्न पनि निर्देशन दिएको छ । कोरोना भाइरस र त्यसपछि उत्पन्न परिस्थितिका कारण अन्र्तराष्ट्रिय उडान नभएको मौका छोपेर केही व्यक्ति, समूह तथा विभिन्न एयरलाईन्स कम्पनी मिलेर अहिलेसम्म एक सय भन्दा बढी चार्टर उडान गरिसकेपछि प्राधिकरणको यो निर्देशन आएको हो ।
गत चैत्र देखि सरकारले मुलकुभर लकडाउन गर्दै हवाई उडानमा समेत प्रतिबन्ध लगाएपछि काठमाडौंमा रहेका केही ट्राभल्स एजेन्सी र एयरलाईन्स कम्पनीको मिलेमतोमा अकुत रकम कमाउने उद्देश्यले चार्टर उडान भै रहेको छ । यसरी उडान हुँदा नियमित भाडा भन्दा ४ गुणासम्म महंगो तिर्न यात्रुहरुलाई बाध्य पारिएपछि यसको चौतर्फी विरोध हुँदै आएको थियो । तर सरकारको यो निर्देशनसँगै आजबाटै कुनैपनि व्यक्तिगत चार्टर उडानले नेपाल बाहिरबाट वा नेपालबाट बाहिरी मुलुकका लागि उडान भर्न पाउने छैनन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको...
६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९...
मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा
२०८० कार्तिक ११ गते शनिबार
२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते
२०७९ फाल्गुन २८ गते आइतबार
१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...
Top