डोल्पामा कोरोनाबाट एक पुरुषको मृत्यु : शवको अन्तेष्टि गरिएको ३ दिनपछि कोरोना पुष्टि

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार


०६ जुन, २०२०
दुनै, डोल्पा । डोल्पामा कोरोनाबाट थप एकजनाको ज्यान गएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का ५८ वर्षका एक पुरुषको कोरोनाबाट ज्यान गएको पुष्टि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । अचम्मको कुरा के छ भने कोरोनाको आशंका क्वारेन्टाइनमा बसेका ती पुरुष क्वारेन्टाइनबाट घर आएर घरमै बसेको अवस्थामा उनको मृत्यु भएको थियो ।

मृत्यु भएको ३ दिनपछि मात्रै उनमा कोरोना पुष्टि भएको छ । जबकी उनको ३ दिनअघि नै अन्तेष्टि सम्पन्न भै सकेको छ । विकट हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाका ती पुरुष क्वारेन्टाइनबाट घर फर्केको केही समयपछि मृत्युबरण गर्न पुगेका थिए । मृत्यु भएपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको प्रतिष्ठानको भनाई छ । सुर्खेतको क्वारेन्टाइनमा बस्ने उनी जेठ १६ गते घरमा गएको र घरमै रहेका बेला उनको जेठ २० गते ज्यान गएको बताइएको छ ।

दमको विरामी उनको सोही दिन नै स्वाब निकालेर अन्तेष्टि गरिएको थियो । स्वाबको रिपोर्ट हिजो साँझ मात्रै आएको र उनमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा छ । उनको मृत्यु भएपछि उनका सम्पर्कमा रहेका अन्य स्थानीय तथा परिवारको स्वाब परीक्षण थलिएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा……. पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….

२०७६ पुष १९ गते शनिबार

काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम...

आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात

२०७६ फाल्गुन २ गते शुक्रबार

१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार...

चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...

कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...

Top