डोल्पामा कोरोनाबाट एक पुरुषको मृत्यु : शवको अन्तेष्टि गरिएको ३ दिनपछि कोरोना पुष्टि

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार


०६ जुन, २०२०
दुनै, डोल्पा । डोल्पामा कोरोनाबाट थप एकजनाको ज्यान गएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का ५८ वर्षका एक पुरुषको कोरोनाबाट ज्यान गएको पुष्टि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । अचम्मको कुरा के छ भने कोरोनाको आशंका क्वारेन्टाइनमा बसेका ती पुरुष क्वारेन्टाइनबाट घर आएर घरमै बसेको अवस्थामा उनको मृत्यु भएको थियो ।

मृत्यु भएको ३ दिनपछि मात्रै उनमा कोरोना पुष्टि भएको छ । जबकी उनको ३ दिनअघि नै अन्तेष्टि सम्पन्न भै सकेको छ । विकट हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाका ती पुरुष क्वारेन्टाइनबाट घर फर्केको केही समयपछि मृत्युबरण गर्न पुगेका थिए । मृत्यु भएपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको प्रतिष्ठानको भनाई छ । सुर्खेतको क्वारेन्टाइनमा बस्ने उनी जेठ १६ गते घरमा गएको र घरमै रहेका बेला उनको जेठ २० गते ज्यान गएको बताइएको छ ।

दमको विरामी उनको सोही दिन नै स्वाब निकालेर अन्तेष्टि गरिएको थियो । स्वाबको रिपोर्ट हिजो साँझ मात्रै आएको र उनमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा छ । उनको मृत्यु भएपछि उनका सम्पर्कमा रहेका अन्य स्थानीय तथा परिवारको स्वाब परीक्षण थलिएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना...

विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...

१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए १७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा...

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...

Top