Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०
रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको इटलीले आजबाट पर्यटकहरुलाई स्वगत गर्न शुरु गरेको छ । इटलीले पहिलो चरणमा आज युरोपेली राष्ट्रका पर्यटकहरुलाई स्वागत गरेको हो । हाल विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण जारी रहेको कारण तत्कालका लागि भने युरोप बाहिरका पर्यटकहरुलाई स्वागत गर्न नसकिने यहाँको सरकारले जनाएको छ ।

इटली सरकारको यो घोषणासँगै अब युरोपेली युनियनमा आबद्ध २६ राष्ट्रका नागरिकहरु तथा त्यहाँ रहेका विदेशी पर्यटकहरुले निर्वाध रुपमा घुम्न पाउने भएका छन् । कोरोना संक्रमणले पहिलो पटक युरोपमा इटलीलाई नराम्ररी तहसनहस पारेको थियो । हाल युरोपेली युनियनमा आबद्ध राष्ट्रहरुमध्ये इटलीमा कोरोनाका कारण सबैभन्दा धेरैको ज्यान गएको तथ्यांक छ । त्यसपछि स्पेन रहेको छ । यसअघि युरोपेली युनियनमा रहेको लण्डनमा भने मृतकको इटली भन्दा पनि माथि छ ।
यसअघि इटलीमा कोरोनाले हजारौंको ज्यान गैसक्दा पनि युरोपमा अन्य मुुलुकमा संक्रमण विस्तारै फैलँदै थियो । यहाँका सञ्चारमाध्यमहरुले जनाए अनुसार पर्यटकहरुले अब युरोपेली युनियन सम्बद्ध राष्ट्रबाट इटली आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने छैन । तर उनीहरुले सुरक्षा सावधानी भने अपनाउनु पर्नेछ । सामाजिक दुरी कायम गर्नेदेखि मास्कलगाउने कामलाई अनिवार्य गरिएको छ । पछिल्लो करिब ३ महिनादेखि कोरोनाका कारण इटलीमा पर्यटकीय गतिविधि ठप्प छ । जसका कारण यहाँको अर्थतन्त्र पनि धरापमा पर्ने निष्कर्ष निकाल्दै सरकारले आवश्यक सावधानीका साथ पर्यटकहरुलाई स्वागत गर्ने जनाएको हो ।

इटलीमा हालसम्म कोरोनाका कारण कारण ३३ हजार ५ सय ३० जनाको ज्यान गै सकेको छ । अहिले युरोपेली मुलुकहरुमा विस्तारै गर्मी मौसम (समर) शुरु भएका कारण पनि पर्यटकहरुको आवागमन विस्तारै बढ्ने अनुमान गरिएको छ । यहाँका विभिन्न शहरले पर्यटक केन्द्रीय विभिन्न कार्यक्रमहरु अघि सारेका छन् । कतिपयले पर्यटकलाई धेरै भन्दा धेरै छुटको व्यवस्था गरेका छन् । इटलीसँगै सिमाना जोडिएको स्लोभानियाले ३ साता अघि नै आफ्नो मुलुकलाई कोरोना मुक्त भएको भन्दै पर्यटकहरुलाई घुम्नका लागि आमन्त्रण गरिसकेको छ ।
यस्तै युरोपका अन्यदेशहरु पोर्चुगल, डेनमार्कलगायतका देशले पनि पर्यटकहरुका लागि विस्तारै आफ्नो देशको सिमा तथा हवाई सेवाहरु शुरु गरिसकेका छन् । पोर्चुगल जुन १ देखि पर्यटकहरु खुल्ला गरिएको त्यहाँका टेलिभिजनहरुले जनाएका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो
२०७७ बैशाख २५ गते बिहिबार
०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)
२०७७ श्रावण २७ गते मंगलबार
११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...
आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल, २०२१ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका...
भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको...
Top