कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार


०३ जुन, २०२०
रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको इटलीले आजबाट पर्यटकहरुलाई स्वगत गर्न शुरु गरेको छ । इटलीले पहिलो चरणमा आज युरोपेली राष्ट्रका पर्यटकहरुलाई स्वागत गरेको हो । हाल विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण जारी रहेको कारण तत्कालका लागि भने युरोप बाहिरका पर्यटकहरुलाई स्वागत गर्न नसकिने यहाँको सरकारले जनाएको छ ।

इटली सरकारको यो घोषणासँगै अब युरोपेली युनियनमा आबद्ध २६ राष्ट्रका नागरिकहरु तथा त्यहाँ रहेका विदेशी पर्यटकहरुले निर्वाध रुपमा घुम्न पाउने भएका छन् । कोरोना संक्रमणले पहिलो पटक युरोपमा इटलीलाई नराम्ररी तहसनहस पारेको थियो । हाल युरोपेली युनियनमा आबद्ध राष्ट्रहरुमध्ये इटलीमा कोरोनाका कारण सबैभन्दा धेरैको ज्यान गएको तथ्यांक छ । त्यसपछि स्पेन रहेको छ । यसअघि युरोपेली युनियनमा रहेको लण्डनमा भने मृतकको इटली भन्दा पनि माथि छ ।

यसअघि इटलीमा कोरोनाले हजारौंको ज्यान गैसक्दा पनि युरोपमा अन्य मुुलुकमा संक्रमण विस्तारै फैलँदै थियो । यहाँका सञ्चारमाध्यमहरुले जनाए अनुसार पर्यटकहरुले अब युरोपेली युनियन सम्बद्ध राष्ट्रबाट इटली आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने छैन । तर उनीहरुले सुरक्षा सावधानी भने अपनाउनु पर्नेछ । सामाजिक दुरी कायम गर्नेदेखि मास्कलगाउने कामलाई अनिवार्य गरिएको छ । पछिल्लो करिब ३ महिनादेखि कोरोनाका कारण इटलीमा पर्यटकीय गतिविधि ठप्प छ । जसका कारण यहाँको अर्थतन्त्र पनि धरापमा पर्ने निष्कर्ष निकाल्दै सरकारले आवश्यक सावधानीका साथ पर्यटकहरुलाई स्वागत गर्ने जनाएको हो ।

इटलीमा हालसम्म कोरोनाका कारण कारण ३३ हजार ५ सय ३० जनाको ज्यान गै सकेको छ । अहिले युरोपेली मुलुकहरुमा विस्तारै गर्मी मौसम (समर) शुरु भएका कारण पनि पर्यटकहरुको आवागमन विस्तारै बढ्ने अनुमान गरिएको छ । यहाँका विभिन्न शहरले पर्यटक केन्द्रीय विभिन्न कार्यक्रमहरु अघि सारेका छन् । कतिपयले पर्यटकलाई धेरै भन्दा धेरै छुटको व्यवस्था गरेका छन् । इटलीसँगै सिमाना जोडिएको स्लोभानियाले ३ साता अघि नै आफ्नो मुलुकलाई कोरोना मुक्त भएको भन्दै पर्यटकहरुलाई घुम्नका लागि आमन्त्रण गरिसकेको छ ।

यस्तै युरोपका अन्यदेशहरु पोर्चुगल, डेनमार्कलगायतका देशले पनि पर्यटकहरुका लागि विस्तारै आफ्नो देशको सिमा तथा हवाई सेवाहरु शुरु गरिसकेका छन् । पोर्चुगल जुन १ देखि पर्यटकहरु खुल्ला गरिएको त्यहाँका टेलिभिजनहरुले जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा...

२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न २०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न

२०७७ कार्तिक १४ गते शुक्रबार

३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...

ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक...

कसले जलायो चितवनमा एनसेलको टावर ? कसले जलायो चितवनमा एनसेलको टावर ?

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...

Top