२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार


०३ जुन, २०२०
काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थप २ सय १ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा विगत २४ घण्टा यता देशका करिब ३ दर्जन जिल्लामा २ सय १ जना कोरोना संक्रमित थप भएको जानकारी गराइएको छ ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोनाबाट काठमाडौंमा थप एक जनाको निधन भएको पुष्टि गरे । उनी दोलखाका एक ७६ वर्षका पुरुष रहेको प्रवक्ता देवकोटाको भनाई छ । मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् ।

  • धनुषामा १
  • काठमाडौंमा ३
  • नवलपरासीमा ८
  • रौतहटमा ११
  • सर्लाहीमा १५
  • सिन्धुपाल्चोकमा १
  • पर्सामा ७
  • दैलेखमा ७,
  • सल्यानमा ३
  • मोरङमा २
  • तेह्रथुममा १
  • धनकुटामा१
  • सप्तरीमा १
  • ताप्लेजुङमा ३
  • झापामा २
  • पाँचथरमा १
  • सुनसरीमा ८
  • कैलालीमा ३,
  • डोटीमा२
  • कपिलवस्तुमा ६९
  • पाल्पामा २
  • रूपन्देहीमा २७
  • महोत्तरीमा ९
  • कालीकोटमा ७
  • दाङमा ५ र
  • प्युठानका २ जना ।

संक्रतिहरु अहिले आइसोलेसनमा रहेको बताइएको छ । यस्तै देशभर हालसम्म २७८ जना उपचारपछि अस्प्तालबाट घर फर्केका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर डेढ लाख भन्दा बढी मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्लो २ साता यता भारतबाट नेपालमा आउने नेपालीहरुको संख्या बढ्दै जाँदा कोरोना संक्रमण पनि बढेको मन्त्रालयको ठहर छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९)...

युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको...

बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’ बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको...

काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । डिउटी सकेर घर फर्कने...

Top