भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन

Best Khabar Team | २०७७ बैशाख २२ गते सोमबार


०४, मे, २०२०
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण नेपालमा पनि करिब डेढ महिनादेखि लकडाउन जारी छ । लकडाउनका कारण चैत्र देखि अहिलेसम्म विद्यालय तथा क्याम्पसहरु बन्द छन् । यही बीचमा केही निजी विद्यालय सञ्चालकहरुले लकडाउनको बेवास्था गरी आर्थिक संकलन गर्ने उद्देश्यले अनलाईनको कक्षा सञ्चालन गर्ने नाममा अभिभावकसँग रकम उठाउने चेष्टा गरिरहेका छन् ।

यस्तै कतिपय निजी विद्यालयहरुले विद्यार्थीलाई अनलाईनबाट भर्ना हुनसक्ने गरी अनलाईन फर्म समेत सार्वजनिक गरिरहेको सन्दर्भमा सरकारले उनीहरुलाई तत्काल यस्ता कार्य रोक्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालयले आज साँझ एक विज्ञप्ति निकालेर अर्को सूचना जारी नभएसम्म र कोरोनाको सन्त्रास कायम रहेसम्म तत्काल अनलाईन कक्षा तथा विद्यार्थी भर्नाको नाममा विद्यार्थी तथा अभिभावकसँग कुनैपनि शुल्क नलिन विद्यालय प्रशासनलाई निर्देशन दिएको हो ।

सरकारको यो निर्णयसँगै अब कुनैपनि विद्यालयहरुले कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा शुल्क लिन नपाउने भएका छन् । यस्तै भर्नाको नाममा पनि तत्काल शुल्क लिने उनीहरुको प्रपञ्च तुहिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णय भन्दै सरकारले आज साँझ जारी गरेको विज्ञप्तिमा कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन निर्देशन दिइएको छ ।

सहसचिव दीपक सुवेदीको नाममा जारी भएको विज्ञप्तिमा माध्यमिक शिक्षा परीक्षा, कक्षा ११ तथा १२ का परीक्षा हालका लागि स्थगित गरिएको उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते...

पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित) पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको...

काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति

२०७८ श्रावण १७ गते आइतबार

०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...

Top