पर्वतको फलेबास र महाशिलाका ५ जनामा कोरोना पुष्टि

Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार


०२ जुन, २०२०
कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पर्वत जिल्लाको फलेबास नगरपालिकाका २० र ४७ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै जिल्लाकै महाशिला गाउँपालिका घर भएका १९, २० र २१ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु भारतबाट नेपाल फर्केर हाल जिल्ला सदरमुकाम कुस्माको क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई हाल बाग्लुङ्स्थित धवलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा पठाइएको बताइएको छ ।

यस्तै स्याङ्जाको चापाकोट नगरपालिकामा क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० वर्षका गरी ४ जनामा कोरोना देखिएको छ । स्याङ्गजा विरुवाका २० वर्षको एक पुरुषमा पनि कोरोना देखिएको छ । योसँगै स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यस्तै गण्डकी प्रदेशभर कुल ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको...

भागरथीको हत्यारा को ? भागरथीको हत्यारा को ?

२०७७ माघ २६ गते सोमबार

०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...

सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते

२०७६ माघ १९ गते आइतबार

०२ फेबुअरी, २०२० इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज...

कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२० मानमा । बैदेशिक रोजगारीको लागि बहराईन...

Top