नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि…

Best Khabar Team | २०७६ असार २५ गते बुधबार


१० जुलाई, २०१९
बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका लागि युरोप आएकामध्ये ४ जना युरोपबाट नपर्केपछि नेपाली नाट्यक्षेत्रमा अहिले विभिन्न खाले टिकाटिप्पणी शुरु भएको छ । त्यसो त विभिन्न कार्यक्रममा युरोप आएर यतै लुकेर यहाँको स्थायी आवासीय अनुमति कार्ड लिने नेपालीहरुको पुरानै चलान भएको छ ।

युरोप लुकेका नाट्यकालकारहरु

यही क्रममा पोखराको युथ क्रियसन थिएयटरबाट आएका १२ जना कलाकार मध्ये ४ जना कलाकार कार्यक्रम सकिएलगत्तै युरोपमै लुकेको बताइएको छ । युरोपमा लुक्ने कलाकारमा शर्मिला बस्नेत, सम्झना शर्मा, अञ्जना भनेर चिनिने संरचना पौडेल र मधुसूदन पौडेल छन् । कार्यक्रम सकेर असार २३ गते ८ जना कारकारमात्रै नेपाल फर्केपछि बाँकी चार जना कलाकार युरोपमै लुकेको बताइएको छ ।

आयोजक संस्थालाई कलाकार लुकाउन भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा टिका टिप्पणी हुन थालेपछि आयोजक युथ क्रियसन थिएयटरले यसको खण्डन गरेको छ । सो थियटरका सचिव सौगात पोखरेलले सामाजिक सञ्जालमा सम्पर्क विहिन भएका ४ जना विभिन्न बहानामा आफूहरुसँगबाट सम्पर्क विहिन भएको भन्दै उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार रहेको उल्लेख गरेका छन् ।

तर फरार भएका भनिएका एक कलाकार मधुसूदन पौडेलले आफू युरोपेली मुलुक पोर्चुगलमा रहेको र आफू खुसी यहाँ आएको बताएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

२०८० आश्विन २६ गते शुक्रबार

१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...

यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर) यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी...

रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...

लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर...

Top