नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि…

Best Khabar Team | २०७६ असार २५ गते बुधबार


१० जुलाई, २०१९
बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका लागि युरोप आएकामध्ये ४ जना युरोपबाट नपर्केपछि नेपाली नाट्यक्षेत्रमा अहिले विभिन्न खाले टिकाटिप्पणी शुरु भएको छ । त्यसो त विभिन्न कार्यक्रममा युरोप आएर यतै लुकेर यहाँको स्थायी आवासीय अनुमति कार्ड लिने नेपालीहरुको पुरानै चलान भएको छ ।

युरोप लुकेका नाट्यकालकारहरु

यही क्रममा पोखराको युथ क्रियसन थिएयटरबाट आएका १२ जना कलाकार मध्ये ४ जना कलाकार कार्यक्रम सकिएलगत्तै युरोपमै लुकेको बताइएको छ । युरोपमा लुक्ने कलाकारमा शर्मिला बस्नेत, सम्झना शर्मा, अञ्जना भनेर चिनिने संरचना पौडेल र मधुसूदन पौडेल छन् । कार्यक्रम सकेर असार २३ गते ८ जना कारकारमात्रै नेपाल फर्केपछि बाँकी चार जना कलाकार युरोपमै लुकेको बताइएको छ ।

आयोजक संस्थालाई कलाकार लुकाउन भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा टिका टिप्पणी हुन थालेपछि आयोजक युथ क्रियसन थिएयटरले यसको खण्डन गरेको छ । सो थियटरका सचिव सौगात पोखरेलले सामाजिक सञ्जालमा सम्पर्क विहिन भएका ४ जना विभिन्न बहानामा आफूहरुसँगबाट सम्पर्क विहिन भएको भन्दै उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार रहेको उल्लेख गरेका छन् ।

तर फरार भएका भनिएका एक कलाकार मधुसूदन पौडेलले आफू युरोपेली मुलुक पोर्चुगलमा रहेको र आफू खुसी यहाँ आएको बताएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विरलै  देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो ) विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका...

विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज

२०७५ चैत्र ९ गते शनिबार

२३ अप्रिल, २०१९ काठमाडौं । विभिन्न उमेर र पेशालाई...

फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा...

अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’ अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । बलिउड अभिनेत्री नेपाली चेली मनीषा...

Top