मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार


०१ जुन, २०२०
सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । यसअघि घटनास्थलमै ११ जनाको मृत्यु भएको भएपनि उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा थप एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा ११ जना पुरुष र १ जना महिला रहेका छन् ।

जिल्लाको राप्ती सोनारी गाउँपालिकामा वडा नम्बर २ मा गएराति बा ५ ख ५९९५ नम्बरको यात्रुबाहक भ्यान विपरित दिशातर्फ रोकेर राखिएको ना ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । सोनारीको जंगलमा विग्रेर सडकमै रोकिराखिएको सो ट्रकसँग तीव्रगतिमा विपरित दिशाबाट आइरहेको सो भ्यान ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भै सकको छैन ।

दुर्घटनामा घाइते २१ जनाको बाँकेका विभिन्न अस्पतालमा उपचार भै रहेको छ । तीव्रगतिमा रहेको भ्यानले नियन्त्रण गुमाउँदा सडकमै रोकिराखिएको ट्रकसँग ठोकिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भारतमा रोजगारीका लागि गएका मजदुरहरुलाई लिएर गाउँ फर्कँदै गरेको सो भ्यान दुर्घटनामा परेको बताइएको छ । घाइतेहरु दाङ्, सल्यान र रोल्पाका रहेका छन् । दुर्घटनामा घाइतेहरुको अहिले स्वाब परीक्षण समेत गरिएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : २४ घण्टामा १६६ थपिए, कुल संक्रमितको संख्या १५६७ पुग्यो नेपालमा कोरोना : २४ घण्टामा १६६ थपिए, कुल संक्रमितको संख्या १५६७ पुग्यो

२०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

नेपाल पनि देखियो सलह किरा ! नेपाल पनि देखियो सलह किरा !

२०७७ असार १३ गते शनिबार

२७ जुन, २०२०पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या...

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...

अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी...

Top