Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०
सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । यसअघि घटनास्थलमै ११ जनाको मृत्यु भएको भएपनि उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा थप एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा ११ जना पुरुष र १ जना महिला रहेका छन् ।

जिल्लाको राप्ती सोनारी गाउँपालिकामा वडा नम्बर २ मा गएराति बा ५ ख ५९९५ नम्बरको यात्रुबाहक भ्यान विपरित दिशातर्फ रोकेर राखिएको ना ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । सोनारीको जंगलमा विग्रेर सडकमै रोकिराखिएको सो ट्रकसँग तीव्रगतिमा विपरित दिशाबाट आइरहेको सो भ्यान ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भै सकको छैन ।
दुर्घटनामा घाइते २१ जनाको बाँकेका विभिन्न अस्पतालमा उपचार भै रहेको छ । तीव्रगतिमा रहेको भ्यानले नियन्त्रण गुमाउँदा सडकमै रोकिराखिएको ट्रकसँग ठोकिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भारतमा रोजगारीका लागि गएका मजदुरहरुलाई लिएर गाउँ फर्कँदै गरेको सो भ्यान दुर्घटनामा परेको बताइएको छ । घाइतेहरु दाङ्, सल्यान र रोल्पाका रहेका छन् । दुर्घटनामा घाइतेहरुको अहिले स्वाब परीक्षण समेत गरिएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अष्ट्रेलियाद्वारा कोभिड भ्याक्सिन कार्यक्रम रद्द
२०७७ मंशिर २७ गते शनिबार
१२ डिसेम्बर, २०२०पर्थ, अष्ट्रेलिया । अमेरिका, बेलायत, रसियालगायतका देशहरुले...
दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित)
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०न्यूर्योक । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमणको...
बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि...
जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै
२०७९ फाल्गुन ९ गते मंगलबार
२१ फेब्रुअरी, २०२३नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही...
Top