बाजुरामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु : मृतकको संख्या ८ पुग्यो

Best Khabar Team | २०७७ जेठ १८ गते आइतबार


३१ मे, २०२०
मार्तडी । सुदुरपश्चिमको बाजुरा जिल्लामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । सुदरपश्चिमस्थित सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचारमा रहेकी ती बालिकाको आज बिहान अस्पतालमै निधन भएको हो ।

जिल्लास्थित स्वास्थ्य निर्देशकलेपनि घटनाको पुष्टि गरेका छन् । केहीदिनअघि स्वास्थ्यमा समस्या देखिएपनि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । तर उपचारकै क्रममा आज बिहान उनको ज्यान गएको हो ।

४ दिन अघि उनको स्वाब परीक्षणका लागि धनगढीमा पठाइएको रिपोर्ट पोजेटिभ आएको । यो रिपोर्टसँगै उनको कोरोना संक्रमणकै कारण ज्यान गएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले भने घटनाको पुष्टि गरिसकेको छैन ।

बालिकासँगै उनकी आमा र बाबुको पनि स्वाब परीक्षणको रिपोर्ट आएको छ । उनकी आमामा कोरोना संक्रमण भेटिएको छ भने बाबुको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित) आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित)

२०७६ माघ ७ गते मंगलबार

काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै...

भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...

न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई...

स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ

२०८१ पुष ८ गते सोमबार

२३ डिसेम्बर, २०२४लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच...

Top