भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार


३० मे, २०२०
नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी लकडाउन आगामी जुन ३० सम्मका लागि थपिएको छ । तर लकडाउनको समय थपिएपनि सरकारले तोकको मापदण्डलाई पालन गरेर जनजीवन सहज गर्नका लागि केही सर्त लागू गरिएको छ । नयाँ घोषणा अनुसार आगामी सातादेखि लकडाउनको अवस्थामा केही सहजता आउने भएको छ । अति प्रभावित बाहेकका अन्य राज्यमा जनजीवन सामान्य बनाउन भारत सरकारले चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने योजना अघि सारेको छ ।

तत्कालका लागि सामाजिक दुरी कायम गर्दै, माक्स लगाएर एउटा राज्यबाट अर्को राज्यमा जानको लागि भारत सरकारले नागरिकहरुलाई अनुमति प्रदान गरेको छ । यस्तै सैलुनहरु सञ्चालन गर्न अनुमति प्राप्त भएकोछ । भारतका अधिकांश राज्यमा गएको मे २५ देखि आन्तरिक विमान सेवा पनि सुचारु भएको छ । पहिलो चरणमा अब जुन बाट धार्मिक स्थल, सपिङ्ग मल, दैनिक उपभोग्य बस्तु तथा सेवा खरिद गर्ने पसलहरु सञ्चालनमा आउने छन् । यो नियम आगमी जुन ८ देखि लागू हुनेछ ।

सो दिनदेखि होटल तथा रेस्टुरेन्टलाई पनि निश्चित मापदण्ड पुरा गरेर खुल्न दिने निर्णय सरकारले गरेको छ । यद्यपि हरेक रातको रातीको ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु आदेश भने आगामी जुन ३० सम्म जारी रहने बताइएको छ । पहिलो चरणमा गरिएका खुल्ला क्षेत्र र कोरोनाको प्रभावलाई हेरेर दोश्रो चरणमा विद्यालय, क्याम्पस, सिनेमाहल, रेलसेवालगायत सञ्चालनको विषयमा निर्णय लिन सकिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सबै क्षेत्र सामान्य हुँदै गएपछि तेश्रो चरणमा लकडाउन र कफ्र्युको प्रावधान हटाइने तयारी सरकारको छ ।

यद्यपि तत्कालका लागि रेल सेवा तथा विदेश यात्रामा भने पूर्णरुपमा प्रतिबन्ध लगाईको छ । कोरोनाबाट अति प्रभावित क्षेत्रबाहेकका जनताको जनजीवन सामान्य बनाउन र अर्थतन्त्र चलायमान गराउन निर्णय लागू गरिएको भारतीय सरकारको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई...

बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे

२०७७ माघ ७ गते बुधबार

२० जनवरी, २०२१न्यूर्योक । गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा...

भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...

दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते

२०७९ फाल्गुन ९ गते मंगलबार

२१ फेब्रुअरी, २०२३इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान...

Top