भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार


३० मे, २०२०
नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी लकडाउन आगामी जुन ३० सम्मका लागि थपिएको छ । तर लकडाउनको समय थपिएपनि सरकारले तोकको मापदण्डलाई पालन गरेर जनजीवन सहज गर्नका लागि केही सर्त लागू गरिएको छ । नयाँ घोषणा अनुसार आगामी सातादेखि लकडाउनको अवस्थामा केही सहजता आउने भएको छ । अति प्रभावित बाहेकका अन्य राज्यमा जनजीवन सामान्य बनाउन भारत सरकारले चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने योजना अघि सारेको छ ।

तत्कालका लागि सामाजिक दुरी कायम गर्दै, माक्स लगाएर एउटा राज्यबाट अर्को राज्यमा जानको लागि भारत सरकारले नागरिकहरुलाई अनुमति प्रदान गरेको छ । यस्तै सैलुनहरु सञ्चालन गर्न अनुमति प्राप्त भएकोछ । भारतका अधिकांश राज्यमा गएको मे २५ देखि आन्तरिक विमान सेवा पनि सुचारु भएको छ । पहिलो चरणमा अब जुन बाट धार्मिक स्थल, सपिङ्ग मल, दैनिक उपभोग्य बस्तु तथा सेवा खरिद गर्ने पसलहरु सञ्चालनमा आउने छन् । यो नियम आगमी जुन ८ देखि लागू हुनेछ ।

सो दिनदेखि होटल तथा रेस्टुरेन्टलाई पनि निश्चित मापदण्ड पुरा गरेर खुल्न दिने निर्णय सरकारले गरेको छ । यद्यपि हरेक रातको रातीको ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु आदेश भने आगामी जुन ३० सम्म जारी रहने बताइएको छ । पहिलो चरणमा गरिएका खुल्ला क्षेत्र र कोरोनाको प्रभावलाई हेरेर दोश्रो चरणमा विद्यालय, क्याम्पस, सिनेमाहल, रेलसेवालगायत सञ्चालनको विषयमा निर्णय लिन सकिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सबै क्षेत्र सामान्य हुँदै गएपछि तेश्रो चरणमा लकडाउन र कफ्र्युको प्रावधान हटाइने तयारी सरकारको छ ।

यद्यपि तत्कालका लागि रेल सेवा तथा विदेश यात्रामा भने पूर्णरुपमा प्रतिबन्ध लगाईको छ । कोरोनाबाट अति प्रभावित क्षेत्रबाहेकका जनताको जनजीवन सामान्य बनाउन र अर्थतन्त्र चलायमान गराउन निर्णय लागू गरिएको भारतीय सरकारको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला...

जोडियो पोखरा–विराटनगर हवाई सेवा जोडियो पोखरा–विराटनगर हवाई सेवा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...

मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । काठमाण्डौंसँग सिमाना जोडिएको मकवानपुरमा पहिलो...

युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित

२०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२० रोम । युरोपेली मुलुक इटलीमा कोरोना...

Top