कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार


३० मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टायता थप १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थप भएकामा कपिलवस्तुमा १ सय ९ जना, सर्लाहीमा १७ जना, दैलेखमा १४ जना, सिराहमा ११ जना, सप्तरीमा ९ जना, धनुषामा ७, रौतहटमा ६ जना रहेका छन् ।

यस्तै, दाङमा ५ जना, महोत्तरीमा ४ जना, पर्सामा २ जना, संखुवासभामा २ जना र झापामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । यता ललितपुर र बारा जिल्लामा पनि थप एक एक जनामा कोरोना संक्रमित भेटिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या १हजार ४ सय १ पुगेको छ । संक्रमणमा परेकामध्ये २ सय १९ जनाको उपचार सफल भएको छ ।

यस्तै देशका विभिन्न भागमा ६ जना कोरोना संक्रमणमा परी मृत्युबरण गर्न पुगेका छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...

कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...

नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै

२०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी...

गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि...

Top