कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार


३० मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टायता थप १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थप भएकामा कपिलवस्तुमा १ सय ९ जना, सर्लाहीमा १७ जना, दैलेखमा १४ जना, सिराहमा ११ जना, सप्तरीमा ९ जना, धनुषामा ७, रौतहटमा ६ जना रहेका छन् ।

यस्तै, दाङमा ५ जना, महोत्तरीमा ४ जना, पर्सामा २ जना, संखुवासभामा २ जना र झापामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । यता ललितपुर र बारा जिल्लामा पनि थप एक एक जनामा कोरोना संक्रमित भेटिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या १हजार ४ सय १ पुगेको छ । संक्रमणमा परेकामध्ये २ सय १९ जनाको उपचार सफल भएको छ ।

यस्तै देशका विभिन्न भागमा ६ जना कोरोना संक्रमणमा परी मृत्युबरण गर्न पुगेका छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१९ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...

‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ ‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम...

बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

२०७६ असार २ गते सोमबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...

Top