कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए

Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार


२९ मे, २०२०
काठमाडौं । देशका विभिन्न स्थानमा थप १ सय ७० जना कोरोना संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १२ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । ती मध्ये ६ जनाको ज्यान गै सकेको छ भने १ सय ९५ जनाको उपचार सफल भएको छ ।

आज प्रदेशनम्बर २ को रौतहटमा ५६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, कपिलबस्तुमा ५१ जना दाङ्मा ९, झापामा २८ जनामा, पश्चिम नेपालको बाँकेका १० जनामा, पर्सामा ५, बारामा ४, सर्लाहीमा ५, सप्तरीमा ४, नवलपरासी पूर्वमा २, दाङ्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यता म्याग्दीमा १ र रुपन्देहीमा १ जना गरी कुल १ सय ७० जना नयाँ संक्रमित थपिएका छन् । सरकारले पछिल्ला दिनहरुमा नेपाल भारत सिमावर्ती क्षेत्रबाट भारतमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन शुरु गरेसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित) नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...

सञ्चारमन्त्रीको कार्यकक्षमा अख्तियारको छापा, कागजपत्र सिलबन्दी सञ्चारमन्त्रीको कार्यकक्षमा अख्तियारको छापा, कागजपत्र सिलबन्दी

२०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रुअरी, २०२० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द

२०७७ असार २३ गते मंगलबार

०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना...

पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को...

Top