कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए

Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार


२९ मे, २०२०
काठमाडौं । देशका विभिन्न स्थानमा थप १ सय ७० जना कोरोना संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १२ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । ती मध्ये ६ जनाको ज्यान गै सकेको छ भने १ सय ९५ जनाको उपचार सफल भएको छ ।

आज प्रदेशनम्बर २ को रौतहटमा ५६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, कपिलबस्तुमा ५१ जना दाङ्मा ९, झापामा २८ जनामा, पश्चिम नेपालको बाँकेका १० जनामा, पर्सामा ५, बारामा ४, सर्लाहीमा ५, सप्तरीमा ४, नवलपरासी पूर्वमा २, दाङ्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यता म्याग्दीमा १ र रुपन्देहीमा १ जना गरी कुल १ सय ७० जना नयाँ संक्रमित थपिएका छन् । सरकारले पछिल्ला दिनहरुमा नेपाल भारत सिमावर्ती क्षेत्रबाट भारतमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन शुरु गरेसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउन खुकुलो : नीजि सवारी साधन जोर विजोर गरेर चल्न दिइने, पसलहरु खुल्ने, लामो दुरीका गाडी तत्काल सञ्चालन गर्न नपाईने लकडाउन खुकुलो : नीजि सवारी साधन जोर विजोर गरेर चल्न दिइने, पसलहरु खुल्ने, लामो दुरीका गाडी तत्काल सञ्चालन गर्न नपाईने

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर...

४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ ४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा...

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा...

हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’ हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...

Top