बेलायतबाट नेपाल फर्कन चाहनेको संख्या ३९१ पुग्यो : जागीर गुमाएकादेखि विद्यार्थी भिषामा आएकाहरुसमेत फर्कनेको सूचीमा (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार


०९ जुन, २०२०
वेस्टह्याम, बेलायत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण जारी लकडाउनका कारण समस्यामा परेकामध्ये ३ सय ९१ जनाले तत्काल नेपाल जाने इच्छा देखाएका छन् । विभिन्न काम विशेषले बेलायतमा रहेको भएपनि तत्काल नेपाल जानुपर्ने बाध्यता भएकामध्ये प्राथमिकता तय गर्दा ३ सय ९१ जनाले यथासक्य नेपाल फर्कने इच्छा व्यक्त गरेको यहाँस्थित नेपाली दुतावासले जनाएको छ ।

दुतावसले विगत २ सातायता नेपाल जान चाहनेहरुको तथ्यांक संकलन गरेको थियो । यसबीचमा दूतावासले सूचना सङ्कलन समिति गठन गरेर सोही समिति मार्फत तथ्यांक संकलन गरेकोमा ३ सय ९१ जनाले नेपाल जानका लागि भन्दै आफ्नो तथ्यांक भरेका छन् । यसरी फर्म भर्नेहरु सबैको तथ्यांक नेपालस्थित परराष्ट्रमन्त्रालयमा पठाइएको भएपनि उनीहरुलाई कहिले नेपाल फर्काइन्छ भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी नभएको दूतावासको भनाई छ ।

फाइल तस्वीर : लण्डनमा रहेको नेपाली दूतावास ।

दुतावासले नेपाल फर्कन चाहनेको सूची नेपाल पठाएको र सरकारले निर्णय गरेर दुतावासलाई औपचारिक जानकारी नगराएसम्म फर्कने मितिको टुंगो नहुने स्पष्ट पारेको छ । दुतावासले दिएको जानकारी अनुसार हालसम्म निम्न अवस्थाका निम्न संख्याका व्यक्तिहरुले नेपाल फर्कनका लागि दूतावासमार्फत् सरकारलाई आग्रह गरेका छन् ।

१) भिसाको म्याद समाप्त भएका (जुनसम्म भिषा सकिनेसहित) १५४ जना
२) जागिर गुमाएका र
वेरोजगार भएर घर फर्कन चाहने ९४ जना
३) विद्यार्थी भिषामा यहाँ आएका र पढाई पुरा गरेर फर्कन चाहने ५० जना
४) तालिम तथा सभा–समारोहमा भाग लिन आएका ५ जना
५) चिकित्सक तथा अन्य कर्मचारी २१ जना,
६) पारिवारिक एवं अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण फर्कन चाहनेहरु ६५ जना



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’ कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’

२०७७ बैशाख ३१ गते बुधबार

कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...

विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र...

असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित) असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही...

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...

Top