बेलायतबाट नेपाल फर्कन चाहनेको संख्या ३९१ पुग्यो : जागीर गुमाएकादेखि विद्यार्थी भिषामा आएकाहरुसमेत फर्कनेको सूचीमा (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार


०९ जुन, २०२०
वेस्टह्याम, बेलायत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण जारी लकडाउनका कारण समस्यामा परेकामध्ये ३ सय ९१ जनाले तत्काल नेपाल जाने इच्छा देखाएका छन् । विभिन्न काम विशेषले बेलायतमा रहेको भएपनि तत्काल नेपाल जानुपर्ने बाध्यता भएकामध्ये प्राथमिकता तय गर्दा ३ सय ९१ जनाले यथासक्य नेपाल फर्कने इच्छा व्यक्त गरेको यहाँस्थित नेपाली दुतावासले जनाएको छ ।

दुतावसले विगत २ सातायता नेपाल जान चाहनेहरुको तथ्यांक संकलन गरेको थियो । यसबीचमा दूतावासले सूचना सङ्कलन समिति गठन गरेर सोही समिति मार्फत तथ्यांक संकलन गरेकोमा ३ सय ९१ जनाले नेपाल जानका लागि भन्दै आफ्नो तथ्यांक भरेका छन् । यसरी फर्म भर्नेहरु सबैको तथ्यांक नेपालस्थित परराष्ट्रमन्त्रालयमा पठाइएको भएपनि उनीहरुलाई कहिले नेपाल फर्काइन्छ भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी नभएको दूतावासको भनाई छ ।

फाइल तस्वीर : लण्डनमा रहेको नेपाली दूतावास ।

दुतावासले नेपाल फर्कन चाहनेको सूची नेपाल पठाएको र सरकारले निर्णय गरेर दुतावासलाई औपचारिक जानकारी नगराएसम्म फर्कने मितिको टुंगो नहुने स्पष्ट पारेको छ । दुतावासले दिएको जानकारी अनुसार हालसम्म निम्न अवस्थाका निम्न संख्याका व्यक्तिहरुले नेपाल फर्कनका लागि दूतावासमार्फत् सरकारलाई आग्रह गरेका छन् ।

१) भिसाको म्याद समाप्त भएका (जुनसम्म भिषा सकिनेसहित) १५४ जना
२) जागिर गुमाएका र
वेरोजगार भएर घर फर्कन चाहने ९४ जना
३) विद्यार्थी भिषामा यहाँ आएका र पढाई पुरा गरेर फर्कन चाहने ५० जना
४) तालिम तथा सभा–समारोहमा भाग लिन आएका ५ जना
५) चिकित्सक तथा अन्य कर्मचारी २१ जना,
६) पारिवारिक एवं अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण फर्कन चाहनेहरु ६५ जना



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...

पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई

२०७६ माघ ९ गते बिहिबार

२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको...

४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ ४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा...

Top