Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०
काठमाडौं । नेपाली सांगीतिक आकाशमा ‘रत्न’को रुपमा परिचित बरिष्ठ गीतकार रत्न शमशरेर थापा आज ब्रह्मलीन भएका छन् । नशा सम्बन्धी रोगका कारण लामो समयदेखि पीडित थापाको उपचारको क्रममा आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

नेपाली सुगम संगीतमा एउटा रत्नको रुपमा परिचय छाड्न सफल थापाले रचना गरेका दर्जनौं गीतहरु अहिले पनि कालजयी बनेर नेपाली सांगीतिक आकाशमा सुरक्षित रहेको छ । ‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, पन्छीमा राम्रो डाँफे, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै’ लगायतका दर्जनौ गीतहरुको शब्द उनै स्वर्गीय गायक थापाको रचना हो ।

स्वर सम्राट स्वर्गीय नारायणगोपालले समेत उनको रचनाको गीत गाएका थिए । सन् १९३९मा जन्मिएका थापाका २ दर्जनजति गीत तथा कविताहरुको संग्रहहरु पनिरहेको छ । १८ वर्षको उमेरदेखि गीत लेखन शुरु गरेका थापाको आज ८३ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२०काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा आज...
पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो...
गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)
२०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा...
२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...
Top