हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी

Best Khabar Team | २०७६ असार २५ गते बुधबार


१० जुलाई, २०१९
काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा भएको भन्दै अभिनेत्री शिल्पा पोखरेलले चलचित्र निर्माता छविराज ओझा विरुद्ध उजुरी दिएकी छन् । प्रहरीका अनुसार आफूलाई पटक पटक श्रीमान्ले पिट्ने गरेको तथा अन्य घरेलु हिंसा गर्ने गरेको सिल्पाले प्रहरी परिसर टेकुमा दिन दिन अघि दिएको उजुरीमा उल्लेख छ ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार सिल्पाको उजुरी पछि आज दुबैजनालाई प्रहरी कार्यालयमा बोलाएर जानकारी लिन खोजेको थियो । तर ओझाले आफू विरामी भएकोले आज आउन नसक्ने भनेपछि भोलि दिउँसोको लागि बोलाइएको छ ।

चलचित्र अभिनेत्री शिल्पाले अर्की चलचित्र अभिनेत्री रेखा थापाकी पूर्व पति ओझासँगै ३ वर्षअघि विवाह गरेकी थिइएन् । रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि ओझासँग सिल्पाको सम्बन्ध बाक्लिएको थियो ।

ओझाले नै सिल्पालाई चलचित्रमा पहिलोपटक ल्याएका थिए । चलचित्र लज्जाबाट उनलाई ओझाले डेब्यू गराएका थिए । उहाँहरुबीचको सम्बन्धमा पछिल्लो केही समययता दरार आएको उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धरौटीमा छुटिन् गायिका राउत धरौटीमा छुटिन् गायिका राउत

२०७६ माघ १४ गते मंगलबार

२८ जनवरी, २०२० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा...

थपिए ३ कोरोना संक्रमित, भोजपुरमा पनि भेटिए नयाँ विरामी थपिए ३ कोरोना संक्रमित, भोजपुरमा पनि भेटिए नयाँ विरामी

२०७७ बैशाख ११ गते बिहिबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८...

५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह ५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...

कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

२०७६ असार २० गते शुक्रबार

०५ जुलाई, २०१९ काठमाडौं । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर हरिप्रभा...

Top