Best Khabar Team | २०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९
काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा भएको भन्दै अभिनेत्री शिल्पा पोखरेलले चलचित्र निर्माता छविराज ओझा विरुद्ध उजुरी दिएकी छन् । प्रहरीका अनुसार आफूलाई पटक पटक श्रीमान्ले पिट्ने गरेको तथा अन्य घरेलु हिंसा गर्ने गरेको सिल्पाले प्रहरी परिसर टेकुमा दिन दिन अघि दिएको उजुरीमा उल्लेख छ ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार सिल्पाको उजुरी पछि आज दुबैजनालाई प्रहरी कार्यालयमा बोलाएर जानकारी लिन खोजेको थियो । तर ओझाले आफू विरामी भएकोले आज आउन नसक्ने भनेपछि भोलि दिउँसोको लागि बोलाइएको छ ।
चलचित्र अभिनेत्री शिल्पाले अर्की चलचित्र अभिनेत्री रेखा थापाकी पूर्व पति ओझासँगै ३ वर्षअघि विवाह गरेकी थिइएन् । रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि ओझासँग सिल्पाको सम्बन्ध बाक्लिएको थियो ।
ओझाले नै सिल्पालाई चलचित्रमा पहिलोपटक ल्याएका थिए । चलचित्र लज्जाबाट उनलाई ओझाले डेब्यू गराएका थिए । उहाँहरुबीचको सम्बन्धमा पछिल्लो केही समययता दरार आएको उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झापामा पनि भेटिए कोरोना संक्रमित
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०दमक । पूर्वी नेपालको झापा जिल्लामा आज...
तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह
२०७८ बैशाख १६ गते बिहिबार
२९ अप्रिल, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै...
बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश...
अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...
Top