Best Khabar Team | २०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०
पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज एकैदिन देशका विभिन्न जिल्लामा थप १ सय २९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९ सय १ पुगको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार आज झापा, रौतहट, बाग्लुङ्ग, बारा, मकवानपुर, धनुषालगायतका जिल्लामा थप संक्रमित फेला परेका छन् । सप्तरीमा आज ११ जनामा कोरोना संक्रमण देखिएको छ भने रौतहटका ७ र बाराका ८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाग्लुङ्गका ८ जना युवकमा कोरोना संक्रमण देखिएको छ । यता रुकुम पूर्वका ३, दाङका १५ र बाँकेमा १६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिलामा पनि कोरोना देखिएको छ ।
बझाङ्गका ५५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यसअघि आजै बिहान देशका विभिन्न स्थानमा करिब ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म देशभर ८ सय ५ जना पुरुष र ९६ जन महिलामा कोरोना संक्रमण देखिएको छ भने १ सय ९५ जना उपचारपछि घर फर्केका छन् । ४ जनाको हालसम्म कोरोनाकै कारण ज्यान गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जोडियो पोखरा–विराटनगर हवाई सेवा
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...
सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक...
What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?
२०७६ चैत्र १३ गते बिहिबार
26 March, 2020 PokharaThis Thursday night, people from Western...
नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन
२०८० आश्विन २७ गते शनिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...
Top