Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०
इस्लामावाद । पाकिस्तानमा आज एउटा यात्रुबाहक विमान अवतरणको क्रममा बस्तीमा खस्दा विमानमा सवार ११ जनाको ज्यान गएको छ । सो विमानमा सवार चालक दलका ८ सदस्यसहित बाँकी ८८ जनामध्ये धेरैको अवस्था गम्भीर रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दएका छन् । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक पाकिस्तान अन्र्तराष्ट्रिय एयरलाईन्स (पिआइए) को सो विमान कराँचीको जिन्नाह विमानस्थलमा अवतरण हुन केही सेकेन्ड बाँकी हुँदा दुर्घटनामा परेको बताइएको छ ।
विमानमा चालकदलका ८ जना सदस्यसहित ९९ जना सवार रहेको अधिकारीहरुले बताएका छन् । इस्लामाबादबाट कराँचीका लागि चार्टर उडान भरेको सो विमान अवतरण गर्ने क्रममा दुबै इन्जिन फेल भएर स्थानीय एक बस्तीमा खसेको पाकिस्तानका समाचारमाध्यमहरुले जनाएका छन् । कोरोनाको संक्रमणकै बीच रुसको मस्कटबाट आएका घरेलु यात्रुहरुलाई लिएर सो विमान कराँची आउँदै थियो ।

कोरोनाको संक्रमणमा रहेकाहरुको लागि चार्टर उडान भरेको सो विमान कराँचीबाट दक्षिण भागमा रहेको घनाबस्तीको रुपमा परिचित मोर्डन कोलोनीमा खसेको थियो । विमान खसेलगत्तै भएको आगलागीमा परेर सबैको शरीरका भागहरु जलेको छ । स्थानीय समय अनुसार दिउँसो २ बजेर ४० मिनेट जाँदा सो विमान दुर्घटनामा परेको बताइएको छ ।
विमानका चालकले विमान कन्टोल रुमलाई अन्तिम पटक विमानको दुबै इन्जिनले काम नगरेकोले विमानलाई आपतकालिन रुपमा अवतरण गर्नका लागि अनुमति मागेको अडियोहरु सार्वजनिक भएको छ । विमान बस्तीमा खसेपछि त्यस क्षेत्रमा रहेका केही घरहरुमा समेत आगो लागेको थियो ।

विमान दुर्घटना भएलगत्तै विमानस्थललगायत अन्य क्षेत्रमा रहेका दर्जनौ बारुणयन्त्रले विमानमा लागेको आगो निभाएका थिए । घाइतेहरुलाई कराँचीका विभिन्न अस्पतालमा उपचारर्थ भर्ना गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...
पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन...
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य
२०७८ बैशाख १६ गते बिहिबार
२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा...
अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...
Top