कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो

Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार


२२ मे, २०२०
बाँके । नेपालको कर्णाली प्रदेशका थप २ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बैतडी र डडेलधुरामा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र कैलाली जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले मोरङमा पनि थप १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमित सबै पुरुष रहेको र उनीहरु १९ देखि २८ वर्ष उमेर समूहका रहेका छन् । मन्त्रालयका अनुसार डडेलधुराको परशुराम गाउँपालिका वडा नम्बर १० का एक युवक र बैतडीका शिवनाथ गाउँपालिकाका एक युवकमा कोरोना संक्रमण देखिएको हो । बाँकेको राप्ती सोनारीका युवक तथा मोरङ्को रतुवामाईका अर्का एक युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालको कर्णाली प्रदेशको जिल्लमा यसअघि दैलेखको आठबिसकोटमा एकजनामा कोरोना देखिएको भएपनि डडेलधुरा र बैतडीमा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्वस्थानी व्रत–कथाको सामाजिक महत्व स्वस्थानी व्रत–कथाको सामाजिक महत्व

२०७६ मंशिर २३ गते सोमबार

यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान गत पुस...

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...

कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...

चरित्र अभिनेता ठकुरीको निधन चरित्र अभिनेता ठकुरीको निधन

२०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज...

Top