Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले यसअघि लगाएको हवाई तथा सिमा नाकामाथिको प्रतिबन्धको समय थप गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले आगामी जेठ ३१ गते (अर्थात् १३ जुन, २०२०) सम्मका लागि सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विश्वका अधिकांश देशमा अहिलेपनि कोरोनाको संक्रमण जारी रहेको र नेपालमा पनि कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सरकारले यसअघि घोषणा गरेको जेठ १८ अर्थात् मे ३० सम्मको समयसीमा बढाएर जेठ ३१ अर्थात् जुन १३ सम्मको लागि कायम गरेको हो ।
तर यसबीचमा विदेशी नागरिक लिनका लागि नेपाल आउने चार्टर विमानहरुले भने उडान भर्न पाउनेछन् । यस्तै सरकारले कुनै निर्णय गरेर विदेशमा रहेका नेपालीहरुलाई चार्टर गरेर नेपाल ल्याउन चाहेमा भने समितिले यो विषयमा थप छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ । यस्तै सरकारले सोही समयको लागि नेपाल भारत तथा नेपाल चीनबीचको नाका पनि बन्द गर्ने निर्णय गरेको छ ।
छिमेकी मुलुक चीन तथा भारत दुबै देशमा कोरोना संक्रमण नियन्त्रणमा नरहेको भन्दै सरकारले नाका खुला गरिए जोखिम बढ्ने भन्दै जेठ ३१ सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । तर अत्यावश्यकीय सामग्री तथा औषधीजन्य बस्तुको आयात निर्यातमा भने आवश्यक सावधानी अपनाएर निर्वाध रुपमा सवारी साधनहरु सञ्चालन गर्न सकिने समितिको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !
२०८२ बैशाख २७ गते शनिबार
१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...
विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...
भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...
१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ
२०७६ आश्विन २७ गते सोमबार
१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब...
Top