कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


१८ मे, २०२०
काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना भाइरस (कोभिड १९) का संक्रमति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार दैलख जिल्लाको आठबीसकोट, १ का एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी कर्णाली प्रदेशमा कोरोना संक्रमित हुने पहिलो व्यक्ति हुन् ।

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै अन्य थप १७ जनामा कोरोना पुष्टि भएको छ । जसमा धनुषाका २ जना पुरुष, खोटाङ्ग हलेसीका १ जना पुरुष, बाँकेका १२ जना पुरुष, सुनसरीका एकजना पुरुष र झापाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमणमा पर्नेहरुको संख्या ३ सय ७५ पुगेको छ ।

संक्रमणमा परेकाहरुमध्ये २ जनाको ज्यान गै सेको छ भने ३७ जना उपचारपछि घर फर्केका छन् । संक्रमितहरु सबैको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले आज राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु ‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबार बिहानबाट आम नागरिकमा...

पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो

२०७७ असार ११ गते बिहिबार

२५ जुन, २०२०तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै...

Top