औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


हत्या गरिएका औषधी व्यवसायी दुलाल ।

१८ मे, २०२०
विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना औषधी व्यवसायीको हत्याको प्रमुख योजनाकार उनकी श्रीमती रहेको तथ्य सार्वजनिक भएको छ । पूर्वी नेपालको सुनसरी घर भएका व्यवसायी देवीप्रसाद दुलालको हत्यामा उनकी श्रीमती मिना श्रेष्ठ र उनका प्रेमी ब्रह्मदेव साहको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

साहको घर सिराह जिल्ला रहेको बुझिएको छ । स्वर्गीय दुलालले सञ्चालन गर्दै आइरहेको मधुमारास्थित ‘माँ पाथीभरा फर्मा’का पूर्व कर्मचारी समेत रहेका साहले आफूलाई कामबाट निकालेकोमा दुलालसँग प्रतिशोध साँच्दै आएका थिए । साह र दुलालका श्रीमती श्रेष्ठबीच सोही पसलमा रहँदादेखि प्रेमसम्बन्ध झाँगिएको बताइएको छ । सो कुरा थाहा पाएपछि दुलाले साहलाई कामबाट निकालिएका थिए भने श्रीमतीलाई पनि सम्झाउँदै आएका थिए ।

श्रेष्ठले आफू र दुलालबीच सोही विषयमा विगत ५ महिनादेखि खटपट पर्दै आएको र प्रेमीको साथ लिएर श्रीमानको हत्या गरेको प्रहरीसँग प्रारम्भिक बयानमा स्वीकारेकी छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका दुलालको हिजो बिहान विराटनगरको मधुमारास्थित आफ्नै घरमा बेहोस हुनेगरी कुटपिट र घाँटी थिचेर हत्याको प्रयास गरेपछि उनै श्रीमतीले दुलाललाई अस्पतालमा उपचारका लागि लगेकी थिइन् । दुलाल सुतेको बेला पारेर साह र श्रेष्ठ मिलेर प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हत्यामा संलग्न दुबै जनालाई प्रहरीले पक्राउ गरिसकेको र घटनाको विषयमा थप अनुसन्धान भैहेको प्रहरीको भनाई छ । दुलालको हत्यामा प्रयोग भएको डोरी र पञ्जा घर नजिकैको झाडीमा फालेको अवस्थामा प्रहरीले फेला पारेको छ । श्रीमती श्रेष्ठले श्रीमान् दुलाललाई ओछ्यानमै बेहोस अवस्थामा भेटिएको र उनी उच्च रक्तचापको विरामी रहेको भन्दै उपचारका लागि अस्पताल पु-याएकी थिइन् । तर दुलालको अस्पतालमा पुगेलगत्तै ज्यान गएको थियो । चिकित्सकले दुलालको मृत्यु अस्वाभाविक भएको भन्दै प्रहरीमा जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।

विगत चारवर्षदेखि दुलालकै औषधि पसलमा काम गर्ने साहको श्रेष्ठसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनका श्रीमानले साहलाई ५ महिनाअघि कामबाट निकालिदिएका थिए । मृतक दुलाल र श्रेष्ठको ८ वर्षको छोरा रहेको बताइएको छ । घटनामा संलग्न साह र श्रेष्ठलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा...

बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता

२०७७ भाद्र १८ गते बिहिबार

०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...

कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित) कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा...

उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना...

Top