अमेरिकन आइडलमा उपविजेता बने नेपाली गायक दिवेश

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


१८ मे, २०२०
काठमाडौं । अमेरिकामा जारी चर्चित सांगीतिक प्रस्तुती अर्थात अमेरिकन आइडलको उपविजेतामा नेपालका दिवेश पोखरेलले आफ्नो नाम दर्ज गराउन सफल भएका छन् । स्थानीय समयअनुसार गएराति सम्पन्न फाइनल राउन्डको प्रतियोगितामा पोखरेल उपविजेता बनेका हुन् । प्रतियोगिताको विजेताको उपाधी जस्ट स्याम नामक अमेरिकी गायिकाले जितेकी छन् ।

भोटिङ्को आधारमा जस्टले पहिलो र दिवेशले दोश्रो स्थान हासिल गरेका हुन् । चर्चित अन्र्तराष्ट्रिय गायक बब मार्लीसँग तुलना गरिएका नेपाली गायक दिवेशले शुरुदेखि नै अमेरिकी आइडलमा राम्रो प्रस्तुती दिँदै आएका थिए । जसका कारण निर्णायकहरुले उनको उच्च प्रशंसासमेत गर्दै आएका थिए । उनले अमेरिका तथा विश्वभर बसेका नेपाली तथा अन्य देशका उनका समर्थकको समर्थन जुटाएका थिए ।

जसका कारण उनी टप फाईवमा छनौट भएका थिए । टप फाइबमा छनौट भएकाहरुबाट हिजो भएको फाइनलमा उनी प्रतियोगिताको उपविजेता बनेको घोषणा कार्यक्रमका निर्णायकहरुले गरेका छन् । काठमाडौंमा जन्मिएका दिबेश अमेरिकाको कान्सास राज्यको, विचिटामा बस्दै आएका छन् । उनी ६ वर्षअघि अमेरिका गएका थिए । उनका परिवारका सबै सदस्य अमेरिकामै बस्दै आएका छन् । दिवसले नेपाली पपगितहरु समावेश गरेका झण्डै आधादर्जन एल्बमहरु बजारमा ल्याएका छन् ।

प्रतियोगिताको उपविजेता बनेपछि उनले आफूलाई भोटिङ्ग गर्ने सबै नेपाली दाजुभाई दिदीबहिनी तथा आफ्ना फ्यानहरुलाई सामाजिक सञ्जालमार्फत् धेरै धेरै धन्यावाद दिएका छन् । दिबेशको स्टेज नेम ‘आर्थर गन’ हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द...

काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द

२०७७ असार २३ गते मंगलबार

०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना...

ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । सरकारले विभिन्न ४ देशका...

हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ क्वालालाम्पुर । स्थगित भएको झण्डै १३...

Top