Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०
नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार ८ सय ६४ जना नयाँ कोरोना (कोभिड १९) का संक्रमित भेटिएका छन् । यो हालसम्म भारतमा एकैदिन भेटिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यसअघि मे १० तारिखका दिन भारतमा ४ हजार ३ सय ५३ जनामा कोरोना देखिएको थियो । यस्तै कोरोनाकै कारण भारतमा आज एक सय १८ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या शनिबार राती १० बजेसम्म ९० हजार ६ सय ४८ पुगेको छ भने हालसम्म २८ सय ७१ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।
३२ हजार २ सय २४ जनाको उपचार सफल भएको छ । सिँगो देशलाई लकडाउन गरिएको भएपनि कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण यसले भयाबह रुप लिनसक्ने आशंका विज्ञहरुले गरेका छन् । दक्षिण एसियाली मुलुकमा भारत अहिले सबैभन्दा धेरै प्रभावित मुलुक बनेको छ । यस्तै विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीमा भारत ११ नम्बरमा परेको छ ।
भारतको महाराष्ट्र, नयाँदिल्ली, मध्यप्रदेशलगायतका स्थानमा कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको छ । भारतमा कोरोना फैलँदा छिमेकी मुलुक नेपालको तराईका जिल्लामहरुमा पनि यसको प्रभाव देखिन थालेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...
हामीलाई घरमै भेटेर फर्कियो कोरोना *
२०७७ भाद्र १६ गते मंगलबार
–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले...
कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए
२०७७ जेठ २६ गते सोमबार
०८ जुन, २०२०लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट...
एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !
२०७७ बैशाख ६ गते शनिबार
– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...
Top