भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो

Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार


१६ मे, २०२०
नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार ८ सय ६४ जना नयाँ कोरोना (कोभिड १९) का संक्रमित भेटिएका छन् । यो हालसम्म भारतमा एकैदिन भेटिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यसअघि मे १० तारिखका दिन भारतमा ४ हजार ३ सय ५३ जनामा कोरोना देखिएको थियो । यस्तै कोरोनाकै कारण भारतमा आज एक सय १८ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या शनिबार राती १० बजेसम्म ९० हजार ६ सय ४८ पुगेको छ भने हालसम्म २८ सय ७१ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

३२ हजार २ सय २४ जनाको उपचार सफल भएको छ । सिँगो देशलाई लकडाउन गरिएको भएपनि कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण यसले भयाबह रुप लिनसक्ने आशंका विज्ञहरुले गरेका छन् । दक्षिण एसियाली मुलुकमा भारत अहिले सबैभन्दा धेरै प्रभावित मुलुक बनेको छ । यस्तै विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीमा भारत ११ नम्बरमा परेको छ ।

भारतको महाराष्ट्र, नयाँदिल्ली, मध्यप्रदेशलगायतका स्थानमा कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको छ । भारतमा कोरोना फैलँदा छिमेकी मुलुक नेपालको तराईका जिल्लामहरुमा पनि यसको प्रभाव देखिन थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा...

काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०कायरो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनासहित झण्डै सय जनाको राहदानी रद्द भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनासहित झण्डै सय जनाको राहदानी रद्द

२०८१ पुष २४ गते बुधबार

०८ जनवरी, २०२५ढाका, बंगलादेश । राजनीतिक अस्थिरताका कारण उत्पन्न...

Top