नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार


१६ मे, २०२०
काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट मानिसको ज्यान गएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी ८ दिनकी सुत्केरी (२९ वर्षकी महिला) को काभ्रेको धुलिखेलमा बिहीबार राति ज्यान गएको हो । परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत बैशाख २३ गते प्रसुतीका लागि ती महिला काठमाडौको शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा छोरालाई जन्म दिएकी उनी काठमाडौंबाट बैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर पुगेकी थिइन् ।

तर बाह्रबिसेस्थित घरमा बस्दा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । ८ दिनको सुत्केरीलाई स्वास्वप्रश्वासमा समस्या देखिएपछि उनलाई धुलिखेल अस्पतालको आइसियु कक्षमा राखेर भ्यान्टिलेटरको सहाराबाट स्वासप्रश्वास गराईएको थियो । तर उनको बिहीबार बिहान निधन भएको अस्पतालले जनाएको छ । उपचारका क्रममा निधन भएपछि उनको स्वाब परीक्षण गरिँदा धुलिखेल अस्पतालले उनमा कोरोना संक्रमण पुष्टि भएपछि थप पुष्टिको लागि स्वाब काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाईको थियो ।

प्रयोगशालाले आज साँझ उनमा कोरोना भएको पुष्टि गरेको हो । योसँगै कोरोनाको कारण आज नेपालमा पहिलो पटक मानिसको मृत्यु भएको पुष्टि भएको छ । उनको मृत्यु भएपछि उनको परिवार र नवजात शिशुको पनि स्वाब परीक्षण थालिएको बताइएको छ । हालसम्म देशभर २ सय ८१ जना कोरोना संक्रमित देखिएका छन् भने ३६ जना उपचारपछि घर फर्केका छन् । आज साँझ मात्रै थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...

क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२० क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२०

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले...

काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल

२०७६ पुष १५ गते मंगलबार

–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...

बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

२०७७ कार्तिक २२ गते शनिबार

०७ नोभेम्बर, २०२०न्यूर्योक, अमेरिका । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुकको...

Top