Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०
काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट मानिसको ज्यान गएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी ८ दिनकी सुत्केरी (२९ वर्षकी महिला) को काभ्रेको धुलिखेलमा बिहीबार राति ज्यान गएको हो । परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत बैशाख २३ गते प्रसुतीका लागि ती महिला काठमाडौको शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा छोरालाई जन्म दिएकी उनी काठमाडौंबाट बैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर पुगेकी थिइन् ।

तर बाह्रबिसेस्थित घरमा बस्दा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । ८ दिनको सुत्केरीलाई स्वास्वप्रश्वासमा समस्या देखिएपछि उनलाई धुलिखेल अस्पतालको आइसियु कक्षमा राखेर भ्यान्टिलेटरको सहाराबाट स्वासप्रश्वास गराईएको थियो । तर उनको बिहीबार बिहान निधन भएको अस्पतालले जनाएको छ । उपचारका क्रममा निधन भएपछि उनको स्वाब परीक्षण गरिँदा धुलिखेल अस्पतालले उनमा कोरोना संक्रमण पुष्टि भएपछि थप पुष्टिको लागि स्वाब काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाईको थियो ।
प्रयोगशालाले आज साँझ उनमा कोरोना भएको पुष्टि गरेको हो । योसँगै कोरोनाको कारण आज नेपालमा पहिलो पटक मानिसको मृत्यु भएको पुष्टि भएको छ । उनको मृत्यु भएपछि उनको परिवार र नवजात शिशुको पनि स्वाब परीक्षण थालिएको बताइएको छ । हालसम्म देशभर २ सय ८१ जना कोरोना संक्रमित देखिएका छन् भने ३६ जना उपचारपछि घर फर्केका छन् । आज साँझ मात्रै थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला
२०७६ चैत्र ८ गते शनिबार
२१ मार्च, २०२० काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको...
अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...
कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै...
नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको...
Top