Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०
काठमाडौं । काठमाण्डौंसँग सिमाना जोडिएको मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मकवानपुरका एक ३७ वर्षका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनको सम्पर्कमा रहेकाहरुको पनि स्वाब संकलन गर्ने काम अघि बढाईको छ ।
यस्तै आजै बाँकेमा थप ८ जनामा कोरोना देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका क्रममा बाँकेका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका १८ देखि ३६ वर्षका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । संक्रमित ९ जनाकै अवस्था सामान्य रहेको बताइएको छ ।

योसँगै देशभर २ सय १० जना पुरुष र ४८ जना महिला गरी कुल २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारी अनसार पर्सामा ८५, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, रौतहट, बारा र धनुषामा ३÷३ तथा बाग्लुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा प्रतिजिल्ला दुई दुई जनाको दरले कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरीमा पनि एक एक जनामा संक्रमण पुष्टि मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा रहेको कोसी अस्पतालबाट उदयपुरका २५ वर्षीय पुरुष कोरोनालाई जितेर घर फर्केका छन् । उनी डिस्चार्ज भएसँगै देशभरबाट ३६ जना कोरोनाको सफल उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते...
काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...
इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता...
अमेरिकी औषधी विज्ञको दाबी : ‘परिवर्तित कोरोना’का विरुद्ध पनि भ्याक्सिन उपयोगी
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१न्यूर्योक, अमेरिका । कोरोना भाइरसका विरुद्ध अमेरिकी...
Top