नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो

Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार


१५ मे, २०२०
काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण नेपालमा रोकिएर रहेका जापान तथा हङकङको भिषा भएकाहरुलाई यी देशमा जानको लागि बाटो खुल्ला भएको छ । आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा भएको छलफलमा स्थायी बसोबास वा कामका लागि भिषा लिएकाहरुलाई जापान तथा हङकङ फर्कन दिने निर्णय भएको हो ।

ती दुई देशले विदशेबाट आउने कामदारको जिम्म आफैं लिने बताइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । तर यसरी जान चाहनेहरुले आवश्यक सबै खर्च भने आफैं बेहोर्नुपर्ने हुन्छ । हाल नेपालमा करिब ५ सयको हाराहारीमा जापान तथा हङकङ जानेहरु रोकिएर रहेको अनुमान गरिएको छ ।

उनीहरु छुट्टीमा परिवारलाई भेट्न, घुमघाम गर्न र अन्य व्यक्तिगत कारणले नेपाल आएका थिए । सरकारको यो निर्णय सँगै अब विमान चार्टर गरेर आफ्नै खर्चमा फर्कनका लागि उनीहरुलाई बाटो खुल्ला भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२०काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा आज...

दक्षिण कोरिया पुग्यो कोरोना भाइरसको प्रकोप, १ को मृत्यु, कम्तीमा १ सयमा संक्रमण दक्षिण कोरिया पुग्यो कोरोना भाइरसको प्रकोप, १ को मृत्यु, कम्तीमा १ सयमा संक्रमण

२०७६ फाल्गुन ९ गते शुक्रबार

२१ जनवरी, २०२० सोल । दक्षिण कोरियामा पहिलोपटक कोरोना...

भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी...

निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...

Top