Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०
भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट गुज्रिरहेका बेला युरोपेली युनियनमा आवद्ध एउटा युरोपेली राष्ट्रले आफ्नो देश कोरोना मुक्त भएको घोषणा गरेको छ । स्लोभेनिया युरोपका पहिलो देश बनेको छ जसले आफ्नो देश अब कोरोनाबाट मुक्त भएको घोषणा औपचारिक रुपमै गर्न सफल भएको छ ।
शुक्रबारको संसद बैठकमा यहाँका प्रधानमन्त्री जानेज जान्सले सिँगो मुलुक अब कोरोना मुक्त भएको भन्दै यो अभियानमा सहयोग गर्ने सबै स्वास्थ्यकर्मी, राजनीतिक दल तथा देशबासीप्रति आभार व्यक्त गरे । उनले विगत २ महिनादेखिको अथक प्रयास, स्वास्थ्यकर्मीको अभूतपूर्व काम तथा आम जनताले कोरोना प्रति देखाएको सचेतनालगायतले गर्दा मुलुकलाई यति छिटै कोरोना मुक्त गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

उनले अब युरोपेली युनियनमा आबद्ध राष्ट्रका मानिसहरुले आफ्नो देशमा घुम्न सक्ने बताएका छन् । स्लोभेनिया कोरोनाका कारण अति नै आक्रान्त बनेको इटलीसँग जोडिएको एउटा युरोपेली राष्ट्र हो । यहाँ गत मार्च पहिलो पटक ५ जनामा कोरोना संक्रमण देखिएको थियो । यसका अन्य छिमेकी देशमा हंगेरी, अष्ट्रिया र क्रोयसिया रहेका छन् ।

इटली युरोपमा कोरोनाका कारण सबैभन्दा पहिलो धेरै जनधनको क्षति व्यहोर्ने मुलुक हो । करिब २० लाख जनसंख्या रहेको स्लोभानिया पर्यटकको लागि निक्कै आकर्षक देशको रुपमा रहेको छ । स्लोभेनियामा कोरोनाका कारण अहिलेसम्म १ हजार ४ सय ६४ जना संक्रमित भएका छन् भने १ सय ३ जनाको मृत्यु भएको छ ।
यस्तै २ सय ६७ जनाले सफल उपचार पाएका छन् । कोरोना संक्रमण मुक्त भएसँगै गएको अप्रिल तेश्रोसातादेखि लकडाउन खुकुलो बनेको स्लोभानियामा सार्वजनिक यातायातका सवारी साधनहरु निर्बाधरुपमा सञ्चालनमा रहेका छन् । आगामी सातादेखि विद्यालय, सानो जमघट हुने होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा आउनेछन् ।

तर सार्वजनिक स्थानमा आउजाउ गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने छ । माक्स लगाउने, सार्वजनिक स्थानमा जाँदा तोकिएको मापदण्ड अनुसार स्यानिटाइजर लगाएर हात हुने एवं दुरी कायम गर्नुपर्ने नियम सरकारले लागू गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ट्वीटरमा प्रधानमन्त्रीले पोखे दुःखेसो
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । पूर्व निर्धारित कार्यक्रम अनुसार...
फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित)
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा रहेका...
एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी
२०७६ पुष ६ गते आइतबार
२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई...
गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...
Top