Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार

१४ मार्च, २०२०
कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा देश हो, जहाँ आजसम्म पनि कोरोनाका कारण मानिसहरुले ज्यान गुमाईरहेका छन् । संसारका अधिकांश देशहरुले हवाई, स्थलमार्ग तथा सिमानाका बन्द गरेर कोरोनासँग लड्नका लागि सिँगो देशलाई लकडाउन गरिरहेका छन् । तर महामारी जारी रहेकै बेला युरोपेली मुलुक डेनमार्कले भने प्राथमिक तहका विद्यार्थीहरुको लागि विद्यालय खुल्ला गरिदिएको छ ।
कोरोना महामारीकै बीच विद्यालय सञ्चालन गर्ने पहिलो युरोपेली मुलुक बनेको डेनमार्कले सरोकारवालाहरुसँग प्रयाप्त छलफल गरी विद्यालयको प्राथमिक तह पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । डेनमार्कमा गत फेब्रुअरी २७ तारिखका दिन पहिलो पटक कोरोना संक्रमित भेटिएको थियो ।

त्यो सँगै मार्चको दोश्रो सातादेखि यहाँका विद्यालयहरु बन्द गरिएको थियो । तर कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा नआउँदै डेनमार्कले विभिन्न सुरक्षा साबधानी अपनाएर साना उमेर समूहका बालबालिका अध्ययन गर्ने विद्यालयहरु पुनः सञ्चालनमा ल्याएको हो । यसरी विद्यालय सञ्चालन गरिएका बालबालिकामा १२ वर्ष उमेरभन्दा मुनिका विद्यार्थीहरु रहेका छन् । यसको प्रभावकारितार्लाइ हेरेर भोलिका दिनमा अन्य तह पनि सञ्चालनमा ल्याउने तयारी सरकारको छ । कसरी सञ्चालन गरिरहेको छ त डेनमार्कले कोरोनाकै बीच प्राथमिक तहको विद्यालय ? यहाँ हामीले बिबिसीले उल्लेख गरेको सामग्री र अन्य केही इन्टरनेट खोजबाट तथ्य प्रस्तुत गरेका छन् ।

डेनमार्कमा हालसम्म कोरोनाका कारण ५ सय ३७ जनाको ज्यान गएको छ भने १० हजार ७ सय १३ जना प्रभावित बनेका छन् । आजमात्रै ४६ जना नयाँ संक्रमित थपिएका छन् । डेनमार्कमा हालसम्म ८ हजार ८ सय ५ जनाको सफल उपचार भएको छ भने ३५ जना गम्भीर अवस्थामा उपचाररत छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना भाइरसको नाम अब ‘कोभिड १९’
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय...
दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै
२०७६ फाल्गुन ४ गते आइतबार
१६ फेब्रुअरी, २०२० नयाँदिल्ली । नयाँदिल्लीले तेश्रोपटक पनि अरविन्द...
गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत भेटिए
२०७७ फाल्गुन १० गते सोमबार
२२ फेब्रुअरी, २०२१गोर्खाबजार, गोर्खा । गोरखा जिल्लाको पालुङ्गटारमा एउटै...
नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको...
Top