जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द

Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार


१४ मे, २०२०
काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको पास लिएर त्यसको दुरुपयोग गर्ने क्रम बढेको ठहर गर्दै कोरोनाको जोखिम कम गर्नका लागि लकडाउनमा थप कडाई गर्ने भएको छ । गृहमन्त्रालयले आगामी जेठ ३ गतेदेखि लागूहुने गरी देशव्यापी रुपमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सबै सवारी साधनको पास रद्द हुने निर्णय गरेसँगै लकडाउन थप कडा हुने निश्चित भएको छ ।

हाल देशका विभिन्न जिल्लामा पहुँचको भरमा स्थानीय प्रशासन र निकायबाट सवारी पास लिएर सडकमा सवारी लिएर हिड्ने क्रम बढेपछि त्यसर्लाइ रोक्न गृहले यो कदम चाल्न लागेको हो । गृहमन्त्रालयको यो निर्णयसँगै अब एउटै जिल्लाभित्र सञ्चालनका लागि अनुमति पाएका सवारी साधनका सबै पासहरु स्वतः खारेज हुने भएका छन् । मन्त्रालयको यो निर्णयले अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालनमा भने कुनै बाधा पुग्ने छैन ।

पछिल्ला दिनमा पास लिएर काठमाडौं आएका वा जिल्लाभित्रै यात्रा गरेकाहरुमा पनि कोरोना देखिएपछि सरकारले यो निर्णय गरेको हो । नयाँ व्यवस्था अनुसार अब एक जिल्लाबाट अर्को जिल्ला जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने भएको छ । यस्तै अति आवश्यकीय कामका लागि काठमाडौं उपत्यका बाहिर जानुपर्ने भए वा काठमाडौं भित्रने गाडीका हकमा गृहमन्त्रालयको स्वीकृति लिएर मात्रै पास दिइने छ ।

देशभर २ सय ४६ जनामा कोरोना देखिएपछि र काठमाडौं भित्रै कोरोना संक्रमितहरु देखिन थालेपछि गृहमन्त्रालयले यो निर्णय गरेको हो । सरकारले यसअघि नै एउटा जिल्लाबाट अर्को जिल्लामा जाने सवारी साधनको पास रद्द गरिसकेको छ ।

यो निर्णय लागूभएसँगै अब काठमाडौं उपत्यका भित्र रहेका भक्तपुर र ललितपुरका स्थानीय एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ गर्न नपाउने भएका छन् । प्रेस, एम्बुलेन्स, शवबहानलगायतका अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारी साधनमा यो नियम लागू नहुने बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै...

मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा

२०८० कार्तिक ११ गते शनिबार

२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा...

७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो ७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...

म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...

Top